चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आज ‘फुल कार्गेड रिहर्सल’को तयारी
वीरगंज संजाल
२३ आश्विन २०७६, बिहीबार १३:१७
३३८७
काठमाडौँ । दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षार्थ आज सांकेतिक रुपमा ‘फुल कार्गेड रिहर्सल’ गर्ने तयारी भएको छ । राष्ट्रपति सी आउँदा सवारी चलाउन र अन्य सुरक्षाका लागि खटिने सुरक्षा टोलीले रिहर्सलको तयारी गरेका हुन् ।सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले रिहर्सल गर्ने बताइएको छ । रिहर्सलका क्रममा सर्वसाधारणलाई भने कुनै असर नपर्ने सुरक्षा अधिकारीहरुको दाबी छ ।
एक सुरक्षा अधिकारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी रहने सोल्टी होटलसम्म पूरै सुरक्षा व्यवस्थाका साथ सवारी चलाएर ‘फुल कार्गेड रिहर्सल’ गर्ने वा विमानस्थलको गोल्डेन गेटसम्म मात्रै गर्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ । सीको सुरक्षामा उनका अंगरक्षकको टोलीसँगै पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा अनुसन्धान विभागको टोली रहनेछ ।