बीरगन्ज । बीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी निवासी राम प्रताप पटेलको शव आज दिउँसो पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर २ पिपरा गाउँको पूर्वपट्टि रहेको तिलावे नदी किनारमा फेला परेको छ ।
अन्दाजी ३० वर्षीय पटेलको शव फेला परेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साका
टोली समेत घटनास्थलमा पुगेको र घटनाको सूक्ष्म रुपमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दिपक थापाले बताउनु भयो ।