दबंग स्टार सलमान खानसँग सम्बन्धित सबैलाई स्तब्ध बनाइदिने एक घटना सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार भारतीय पुलिसले सलमानको गोराइस्थित बंगलामा छापा मारेको छ । जहाँबाट उनको बंगलाको रेखदेख गर्न राखेका ६२ वर्षिय एक व्यतिmलाई गिरफ्तार गरेको हो ।
सिद्धेश्वर राणा नाम गरेका ती व्यक्तिलाई मुम्बई पुलिसले पछिल्लो २९ वर्षदेखि खोजी गरिरहेको थियो । खबरका अनुसार सलमानको बंगलामा पछिल्लो २० वर्षदेखि काम गरिरहेका ती व्यक्ति मुम्बई पुलिसको वान्टेड लिस्टमा थिए ।
जबरजस्ती चोरी र कुटपिटको केसमा परेका उतm अपराधी जमानतमा छुटेदेखि फरार रहेका थिए । यही कारण अदालतले ती व्यक्तिविरुद्ध गैर जमानती वारेन्ट जारी गरेको थियो ।बुधबार राति मुम्बई पुलिसलाई एक गोप्य स्रोतबाट उतm व्यतिmको बारेमा जानकारी पाएपछि अपराध शाखाका ४ युनिट गएर सलमानको घरमा आक्रमण गरेका थिए ।