• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शपथ सम्बन्धी नयाँ अध्यादेशमा के छ ? ‘त्यो पर्दैन’ विवाद अब के हुन्छ ?

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७८, बिहीबार १९:४३
  • ५१२१

    वीरगंज । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ सम्बन्धी अध्यादेश २०७८ जारी गरेकी छन् ।मन्त्रिपरिषद्को सोमवार बसेको बैठकबाट अध्यादेश सिफारिसबारे निर्णय गरिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाट बिहीवार अध्यादेश जारी भएको छ ।अब शपथ लिँदा ‘ईश्वर’ वा ‘देश र जनता’मध्ये कुनै एकको नाममा शपथ लिन पाउने गरी अध्यादेश ल्याइएको छ ।

    नेपालको संविधान २०७२ मा संघीय कानून बमोजिम शपथ लिनुपर्ने कुरा उल्लेख भए पनि कानून नबनेको अवस्था थियो । पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ विवादित बनेपछि कानूनको खोजी भएको थियो । शपथको कुनै कानून नभेटिएपछि अध्यादेश ल्याइएको हो ।

    शपथका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिक्षा गर्छु’ भन्न लगाउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेपछि विवाद उत्पन्न भएको थियो । अध्यादेशमा राखिएको शपथको नमूनामा ‘प्रतिक्षा गर्छु’ हटाइएको छ । विगतका शपथमा ‘प्रतिक्षा गर्छु’ राखिएको हुन्थ्यो ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठका अनुसार संविधानमा शपथ लिनुपर्ने कुरा उल्लेख भए पनि ऐन, कानूनको अभावमा विगतकै अभ्यास अनुसार राष्ट्रपतिले संवैधानिक निकायका पदाधिकारीहरूलाई शपथ गराउने गरिएको थियो ।

    ‘विगतकै अभ्यासको आधारमा शपथ ग्रहण हुने गरेको थियो, अहिले आएर शपथको विषय विवादित बनेपछि कानून बनाइएको हो,’ मन्त्री श्रेष्ठले लोकान्तरसँग भने, ‘त्यसैले कानूनसम्मत बनाउनका लागि अहिले संसद नचलेको अवस्थामा अध्यादेश ल्याइएको हो ।’

    अध्यादेशमा यस्तो छ शपथको नमूना –

    म … नेपालको राजकीय सत्ता, सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने नेपालको संविधानप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक ईश्वरको/देश र जनताको नाममा शपथ लिन्छु कि पदको जिम्मेवारी बहन गर्दा प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह नराखी, खराब भावना नलिई इमान्दारीका साथ पालना गर्नेछु । आफ्नो कर्तव्य पालनाको शिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दाबाहेक अरु अवस्थामा कुनै किसिमबाट वा संकेत गर्ने छैन ।’

    द्रष्टव्यमा उल्लेख गरिएको छ –

    ‘सार्वजनिक पद धारण गर्ने व्यक्तिले शपथको ढाँचामा रहेको निष्ठापूर्वक भन्ने शब्दपछि रहेका ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये शपथ कुन शब्दमा प्रयोग गर्ने हो भन्ने कुराको शपथ ग्रहण गर्नुअघि शपथ गराउने पदाधिकारीलाई जानकारी गराउनुपर्नेछ ।’

    यसरी ईश्वरको नाममा वा देश र जनताको नाममध्ये शपथ लिने पदाधिकारीले एउटा छान्न पाउनेछन् ।

    यसअघि २०७३ सालमा शपथ सम्बन्धी कानून थियो । २०७५ सालसम्म कार्यान्वयनमा रहे पनि नयाँ संविधान बनेपछि खारेज भएको थियो । विगतकै अभ्यासका आधारमा त्यसयता सार्वजनिक पद धारण गर्ने व्यक्तिलाई शपथ खुवाउने गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑