• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनादेशविरुद्ध राजनीतिक दलहरू

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०७८, मंगलवार १४:३६
  • ४४०१

    वीरगंज ।नेकपा एमाले निकटको युवा संघका अध्यक्ष महेश बस्नेतले रहस्योद्घाटन गरेपछि जसपा संङ्घीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई विवादमा तानिएका छन् ।मध्यराति प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो स्थिति प्रस्ट्याउन खोजे पनि आलोचनात्मक टिप्पणी आउने क्रम जारी छ ।प्रधानमन्त्रीसँगको आफ्नो भेटलाई उचित ठहर्‍याउन भट्टराईले संविधानको धारा ७६(५) अनुसार कुनै संसद सदस्यलाई व्यक्तिको रूपमा प्रधानमन्त्री बनाएर सर्वदलीय सरकार गठन गरी निर्वाचनमा जानुपर्ने मत राखेका छन् । अर्को अर्थमा, वर्तमान संसद चल्न नसक्ने भएकोले निर्वाचन नै उपयुक्त विकल्प हो भन्ने कुरा उनले स्वीकार गरेको मान्नुपर्छ । अर्थात प्रधानमन्त्री ओलीको तर्कमा डा. भट्टराईले घुमाउरो पारामा सहमति जनाएका छन् ।

    सर्वोच्च अदालले प्रतिनिधिसभा विघटनको निर्णय उल्टाइदिएपछि पनि नेकपा माओवादी केन्द्रले दुई महिनासम्म सरकारबाट समर्थन फिर्ता लिएन । समर्थन फिर्ता लिएको खण्डमा प्रधानमन्त्रीले अर्को कुनै दलसँग सहकार्य गरी सरकारलाई निरन्तरता दिन सक्ने भएकोले सो निर्णय नगरेको माओवादी अध्यक्ष प्रचण्डको भनाइ थियो । पछि त उनले कुनै प्रकारको लिखित समर्थन नदिएकोले फिर्ता लिनु नपर्ने दाबी समेत गरे । राष्ट्रपति कार्यालयमा रहेको दस्तावेज सार्वजनिक भएपछि उनी मौन भएका थिए ।यसरी अनिर्णयको बन्दी बनाइएको संसदलाई निकास दिन प्रधानमन्त्री स्वयंले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राखे । यसबीचमा सत्ताको साँचो जसपासँग रहेको भनी मिडियाको एकोहोरो रटान पनि जारी नै रह्यो । जसपा नेतृत्वले भने माओवादीको समर्थन फिर्ता र अविश्वास प्रस्ताव दर्तालाई पूर्वशर्तको रूपमा अघि सारेको थियो । हुनत जसपाभित्र पनि पूर्वराजपा र पूर्वसमाजवादी बीचको मतान्तर सार्वजनिक नै छ ।

    अनुमान गरिए अनुसार नै प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत पाउन सकेनन् । परिणाम आउनेबित्तिकै देउवा, प्रचण्ड र उपेन्द्र यादवको संयुक्त हस्ताक्षरमा संविधानको धारा ७६(२) बमोजिम नयाँ सरकार गठन प्रक्रिया शुरू गर्न राष्ट्रपतिलाई आह्वान गरिएको विज्ञप्ति आयो । उता जसपाकै प्रथम अध्यक्ष महन्थ ठाकुरले बहुमत सांसदको हस्ताक्षरसहित आफ्नो दल तटस्थ बस्ने जानकारी राष्ट्रपतिलाई गराएका थिए ।यसरी ओलीविरुद्ध गठबन्धन सरकार बनाउने प्रयास विफल भयो । संवैधानिक व्यवस्था अनुरूप ७६(३) अनुसार अहिले सबैभन्दा ठूलो दलका नेता ओली प्रधानमन्त्री पदमा पुनर्नियुक्त भए । अब अल्पमत सरकारले तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

    आफ्नो रणनीतिक चाल सफल नभएपछि देउवा, प्रचण्ड र बाबुराम/उपेन्द्र गठबन्धनले नयाँ बहस उठान गरेको छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी समयसापेक्ष निर्णय लिन चुकेको भन्दै वर्तमान परिस्थितिमा जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुपर्ने धारणा राखेका छन् ।जनआन्दोलनपछि तत्कालीन पञ्चायत समर्थकहरूलाई प्रतिगामी, पुनरुत्थानवादी जस्ता परिभाषाविहीन पदावली प्रयोग गर्ने महारथप्राप्त एमाले नेता माधवकुमार नेपालले यसपटक उक्त आरोप आफ्नै अध्यक्षमाथि लगाए जसको बाछिटा समग्र पार्टीमा परेको छ ।कांग्रेसका अर्का नेता रामचन्द्र पौडेल नेपालको राजनीति रहस्यमय भयो भन्दैछन् । राष्ट्रपतिद्वारा तोकिएको ७६(२) को समयसीमा रहेसम्म चुइँक्क नबोलेका कांग्रेसी नेताहरूको महन्थ ठाकुरप्रति देखाएको सद्भाव वास्तवमा रहस्यमय छ ।कांग्रेसले डा. कोइरालामार्फत सार्वजनिक गरेको महन्थ ठाकुरप्रतिको सदाशयता वास्तवमा वर्तमान प्रधानमन्त्रीलाई ७६(३) अनुरूप विश्वासको मत लिँदा जसपाको ठाकुर पक्षलाई अल्मल्याउने तरिका हो भन्ने विश्लेषण गर्न सकिन्छ । यसरी ७६(३) पनि पार भएपछि प्रधानमन्त्री नियुक्त गर्न ७६(५) मा प्रवेश गर्नुपर्ने हुन्छ ।

    यससँगै प्रधानमन्त्री ओलीलाई संसदले दुई पटक विश्वासको मत नदिएकोले अब उनले फेरि पनि दाबी गर्न नहुने वातावरण बनाउन सकिने ठम्याइ विपक्षी गठबन्धनको देखिन्छ । यसका लागि एमालेको माधव नेपाल समूहलाई परिचालन गर्ने र विगत केही दिनदेखि सामाजिक सञ्जालमार्फत बहस चलाउँदै आएका डा. भट्टराईले प्रस्तुत गरेको कार्ययोजनालाई मूर्तरूप दिने रणनीति हुन सक्छ ।झट्ट हेर्दा महन्थ ठाकुरका लागि प्रधानमन्त्री बन्ने मार्गचित्र देखिए पनि उनको बाटो अवरुद्ध गर्न जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव तम्तयार राखिएका छन् ।नेपालको वर्तमान राजनीतिक परिदृश्यमा पछिल्लो निर्वाचनमार्फत जनताले दिएको म्यान्डेट हराएको छ । गत आमचुनावमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरी पार्टी एकीकरण गर्ने र पाँच वर्ष स्थिर सरकार दिने वाचा गरेका थिए । नेपाली कांग्रेसलाई सबैभन्दा बढी मत (३६.५ प्रतिशत) प्राप्त भए पनि प्रत्यक्ष निर्वाचनबाट सरकार चलाउने आदेश भएन । मधेस केन्द्रित दलहरूले प्रादेशिक सरकार सञ्चालन र संङ्घीय संसदमा आफ्नो मुद्दा सम्बोधन गराउन जनादेश पाए ।

    भागबण्डा नमिलेर किचलो खडा भएकोले एकीकृत रहन नसकेको नेकपा विभाजित हुँदा मौकामा चौका हान्न सबै उद्यत भएका देखिन्छन् । माओवादीबाट उछिट्टिएर गठित नयाँ शक्ति पार्टीलाई एकमात्र सिट प्राप्त भएपछि उपेन्द्र यादवको नेतृत्व स्वीकार गरेका डा. भट्टराई अहिले फेरि ७६(५) को लागि जुर्मुराएका छन् । ओली सरकारमा स्वास्थ्यमन्त्रीको रूपमा तेह्रौँ बरियता स्वीकार गरेका उपेन्द्र यादवलाई निकै पछि उपप्रधानमन्त्री पद दिइएको थियो, जसको भित्री रहस्य सार्वजनिक भएन ।दोस्रो जनआन्दोलनपछि सहमति र सहकार्यको नाममा शुरू भएको भागबण्डाको राजनीति दलहरूका लागि सत्ताको लुछाचुँडी गर्न प्रेरक बनेको छ । परिणामस्वरूप सबै राजनीतिक दलहरू जनताले दिएको म्यान्डेटविरुद्ध उभिएको दुर्भाग्यपूर्ण परिस्थिति देखिएको छ ।नेपालको संसदीय राजनीतिमा एकल बहुमत प्राप्त चार वटा सरकारमध्ये तीन वटा आफ्नै आन्तरिक किचलोका कारण पतन भए । प्रधानमन्त्रीको रूपमा पुनर्नियुक्त भएका ओली विरुद्धको गठबन्धनले अहिले पनि संसद विघटन र संविधान समाप्त पार्ने षड्यन्त्र गर्दैछ ।

    अल्पमतको वर्तमान ओली सरकारले एमालेसँगै अर्को कुनै दलको समर्थन प्राप्त गर्नुपर्ने हुन्छ । विपक्षी गठबन्धनले जसपाको अन्तरविरोधमा खेलेर ७६(३) को सरकार ढाल्ने र ७६(५) मा प्रवेश गराई डा. भट्टराईको नेतृत्वमा सरकार गठन गर्ने रणनीति लिएको देखिन्छ ।माओवादी केन्द्रको रणनीति अनुरूप बनाइएको यस जालोभित्र कांग्रेस फसेको छ । आउँदो महाधिवेशनमा देउवालाई परास्त गरेपछि मात्रै आफूलाई स्थापित गराउन सफल हुने सम्भावना देखेर पौडेल, सिटौला, गगन क्याम्प र कोइराला खेमा अहिले देउवालाई उचाल्दै छन् । यसमा कमरेड प्रचण्डले पनि धाप मारेका छन् ।यो सम्पूर्ण घटनाक्रमको पटाक्षेप निकट भविष्यमै हुनेछ । जनआन्दोलनपछि तत्कालीन पञ्चायत समर्थकहरूलाई प्रतिगामी, पुनरुत्थानवादी जस्ता परिभाषाविहीन पदावली प्रयोग गर्ने महारथप्राप्त एमाले नेता माधवकुमार नेपालले यसपटक उक्त आरोप आफ्नै अध्यक्षमाथि लगाए जसको बाछिटा समग्र पार्टीमा परेको छ ।दोस्रो जनआन्दोलनपछि सहमति र सहकार्यको नाममा शुरू भएको भागबण्डाको राजनीति दलहरूका लागि सत्ताको लुछाचुँडी गर्न प्रेरक बनेको छ । परिणामस्वरूप सबै राजनीतिक दलहरू जनताले दिएको म्यान्डेटविरुद्ध उभिएको दुर्भाग्यपूर्ण परिस्थिति देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑