पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन् ।१९ हजार ५ सय ३९ पीसीआर र ३ सय ४४ एन्टीजेन परीक्षणमा पीसीआरतर्फ ७ हजार २ सय १६ र एन्टीजेनतर्फ ५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा मात्र २ हजार ६ सय ९ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ८ सय ८१, ललितपुरमा ४ सय ३६ र भक्तपुरमा २ सय ९२ जना छन् ।पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ६८ जना निको भएको मन्त्रालयले जनाएको छ ।