• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अपरेसन गरेर बच्चा निकालियो, बाँचिनन् संक्रमित आमा

  • वीरगंज संजाल
  • २ जेष्ठ २०७८, आईतवार ०७:३४
  • ३१३३

    वीरगन्ज । तनहुँको भिमाद नगरपालिका-५ की २२ वर्षीया महिलालाई घरमै ज्वरो आयो। निको होला भनेर बसिन्।स्वास्थ्यमा सुधार नआएपछि उनी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भइन्। उनी सात महिनाकी गर्भवती थिइन्। अस्पतालले पिसिआर परीक्षण गर्दा वैशाख २८ गते उनको रिपोर्ट पोजेटिभ आयो।

    आइसोलेसनमा राखेर उपचारकै क्रममा उनलाई श्वासप्रश्वासमा समस्या आयो। अस्पतालका चिकित्सकले अप्रेसनमार्फत बच्चा निकाले। बच्चा जन्मियो, तर शनिबार बिहानै उनको मृत्यु हुन पुग्यो। कोरोना भाइरसको संक्रमण पुष्टि भएको चार दिनमै उनले मृत्युवरण गर्नुपरेको थियो। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा मात्रै १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

    उनीहरूको पनि भिमादका ती महिलाजस्तै कोरोना संक्रमण पुष्टि भएको छोटो समयमै मृत्यु भएको हो। गण्डकीमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरूमा कोरोना संक्रमण भएर सबैभन्दा धेरै दिन बाँचेका भनेको १० दिन हो।

    २४ घण्टामा मृत्यु भएका १४ जनामध्ये संक्रमण पुष्टि भएका अधिकांशले एक दिनदेखि पाँच दिनभित्र मृत्युवरण गर्नुपरेको तथ्याङ्कले देखाउँछ।

    कोरोना संक्रमण भएर १० दिनमा मृत्युवरण गरेका पोखरा–८ का ४२ वर्षीय संक्रमित हुन्। उनलाई बैशाख २१ गते संक्रमण पुष्टि भएको थियो। उपचारका क्रममा उनको लेखनाथ स्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा शनिबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
    पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा कोरोना संक्रमण भएपछि धेरै बाँचेका अर्का संक्रमित पोखरा–१४ का पुरुष हुन्। उनलाई वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने शुक्रबार गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको थियो।

    २४ घण्टायता मृत्यु भएका व्यक्तीको तथ्याङ्क केलाउँदा कोरोना संक्रमण भएपछि छ दिन बाँचेका जम्मा दुई जना संक्रमित छन्।

    जसमा एक जना पोखरा-१४ का ४९ बर्षीय पुरुष हुन्। उनलाई वैशाख २५ गते कोरोनो संक्रमण पुष्टि भएको थियो। उनलाई पनि कोरोनाको लक्षण देखिएपछि गण्डकी मेडिकल कलेज पोखरामा भर्ना गरियो। श्वासप्रश्वासमा समस्या देखिएका उनको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ।

    यस्तै, म्याग्दीको बेनी नगरपालिका ५ की ४५ वर्षीय कोरोना संक्रमित महिलाको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। उनलाई पनि वैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

    यी दुईबाहेक अन्य मृतक कोरोनो संक्रमण भएको एकदेखि पाँच दिनमै मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। गण्डकी प्रदेशमा शुक्रबार मृत्यु भएका १४ जनासहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५५ जना पुगेको छ।

    पर्वतको जलजला गाउँपालिका-४ का ५५ वर्षीय पुरुषको पनि शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो। उनलाई वैशाख ३० गते मात्र कोरोना संक्रमण भएको थियो।

    स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ का ७० वर्षीय पुरुषको पनि गएराती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै मृत्यु भएको छ। कोरोना भएकै दिन उनको मृत्यु भएको हो।

    यता, पोखरा-२ की ३८ वर्षीया महिलाले पनि कोरोना संक्रमण भएको पाँच दिनमै मृत्युवरण गरिन्। पोखराको मणिपाल शिक्षण अस्पतालमा शुक्रबार मृत्यु भएको उनलाई वैशाख २६ गते मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

    पर्वतको कुश्मा-१२ का ५२ वर्षीय संक्रमित महिलाको पनि शुक्रबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ। उनलाई शुक्रबार नै कोरोना संक्रमण भएको थियो।

    यस्तै, पोखरा १४ का ५२ वर्षीय पुरुषको शनिबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो। उनलाई वैशाख ३० गते कोरोना संक्रमण भएको थियो।

    गोरखाको शहिद लखन गाउँपालिका-४ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार गोरखा अस्पताल, गोरखामा उपचारको क्रममा मृत्यु भयो। उनलाई पनि सोही दिन कोरोना संक्रमण भएको थियो।

    यस्तै, पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरूमा स्याङ्जाको वालिङ नगरपालिका-६ का ७८ वर्षीय पुरुष पनि छन्। वैशाख २६ गते कोरोना पुष्टि भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा शुक्रबार मृत्यु भएको थियो।

    पर्वतको फलेबास गाउँपालिका-५ की ३२ वर्षीया संक्रमित महिलाको शनिबार गण्डकी मेडिकल कलेजमा मृत्यु भयो। उनलाई कोरोना संक्रमण दुई दिन अघिमात्रै भएको थियो।

    यस्तै, पोखरा-३० का ५३ वर्षीय पुरुषको पनि शुक्रबार होम आइसोलेसनमा मृत्यु भयो। उनलाई वैशाख २६ गते कोरोना भएको थियो।

    पछिल्लो २४ घण्टा यताको मृत्यु मात्रै होइन, कोरोनाको दोस्रो लहर आउँदा मृत्यु भएका अधिकांशको नियति यस्तै छ। कोरोना भाइरसले कतिबेला कसको ज्यान जान्छ भन्न सकिने अवस्था नरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए।

    उनले पनि कोरोनाकै कारण ज्यान गुमाएका एक वृद्धलाई सम्झिए। उनले भने, ‘एक जना ७३ वर्षको बुवा हुनुहुन्थ्यो। जीवनभर औषधी खानुपरेको छैन बाबु भन्नुभएको थियो। उहाँ शुक्रबार बेहोस हुनुभयो। सोमबार मृत्यु भयो। उहाँको रिपोर्ट पोजेटिभ थियो।’

    दुई सातायता गण्डकीमा कोरोना भाइरसका कारणले मात्रै १३१ जनाले ज्यान गुमाएका छन्। यसपालि कोरोनाको संक्रमणको फैलावट तीब्र बनेको र जुनसुकै उमेर समूहका व्यक्तिको पनि मृत्यु हुन पुगेको डा. शर्माले बताए।

    नेपालमा फैलिएको युके भेरियन्टको कोरोना भाइरसले छिटो फैलाउने र मृत्युको मुखमा लगेको उनी बताउँछन्। भारतमा मार्चयता फैलिएको डबल म्युटेड कोरोना भाइरसले पनि छिटो फैलाउने र तुरुन्त मृत्युको मुखमा लगेको डा. शर्माले बताए। नेपालमा भित्रिएको यही दुई प्रकारका भाइरसले संक्रमण भएको २-४ दिनमै संक्रमितको मृत्यु भएको उनको भनाइ छ।

    ‘अहिले कोरोना भाइरसले दुई किसिमको स्वरुप लिएर आएको छ, यसले मानिसको प्रतिरोधात्मक क्षमतालाई नै कन्फ्युज गराइदिन्छ,’ डा. शर्माले भने, ‘कोरोना संक्रमण पुष्टि हुन पाएको छैन, मानिसलाई मृत्युको मुखमा लगेको छ।’

    गत वर्ष देखिएका कोरोना भाइरसले प्रतिरोधात्मक क्षमता कम भएका वृद्धलाई असर गरे पनि अहिले जुनसुकै उमेरका र प्रतिरोधी क्षमता बढी भएका निरोगी व्यक्तिको पनि ज्यान गइरहेको उनले बताए। भारतबाट फर्कनेहरूमार्फत् कोरोना महामारी फैलिएको भन्दै उनले छिटो फैलन सक्ने भएकैले अहिले सानो जमघटमा गएकाहरूमा एक जनाबाटै सबैलाई संक्रमण गराएको उनले बताए।

    यसपटकको कोरोना भाइरसले कति समय लिन्छ भन्ने अहिले थाहा नहुने समेत उनले बताए। ‘अहिले फैलिएको डबल म्युटेड कोरोना भाइरसले कति समय लिन्छ यसअघिको परिभाषाले काम गरेको छैन,’ उनले भने, ‘यसपालि कोरोनाले भाँडभैलो कहिलेसम्म मच्चाउँछ अहिल्यै भन्न सकिन्न।’

    कोरोना भाइरसको यो भाँडभैलो रोक्न मानिसले आफैंले आफैंलाई निषेध गर्नुपरेको उनको भनाइ छ। ‘कोरोना रोक्न आफैंलाई निषेध गर्नुपर्छ, प्रशासनले कतिबेला बाहिर निस्कन देला र निस्कौंला भनेर हुँदैन,’ डा. शर्माले भने, ‘बाहिर निस्कँदा कोरोना सर्ने र फैलने डर हुने भएकाले सकेसम्म भित्रै बसौं, कसैलाई नभेटौं।’

    पछिल्लो २४ घण्टा यता गरिएको परीक्षणमा गण्डकी प्रदेशमा आधा भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टामा गण्डकीमा एक हजार ३४२ जनाको स्वाब परीक्षण गरिएको थियो।

    जसमा ७७० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले बताए।

    २४ घण्टायता तीन सय जना कोरोना मुक्त भएका छन्। गण्डकी प्रदेशमा अहिले ७ हजार ६१५ जना कोरोना भाइरसका संक्रिय संक्रमित छन्। जसमध्ये ७ हजार ६०२ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑