रौतहट | रौतहटमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्यामा बृद्धी हुदै जान थालेपछि शनिबारबाट निषेधाज्ञा थप कडा पारिएको छ । निषेधाज्ञामा थप कडाई गरेपछि रौतहटका हाट बजार तथा सहरी क्षेत्रहरु सुनसान देखिएको छ ।
जिल्लामा कोरोना संक्रमितको अवस्था भ्यावह हुदै गएपछि स्थानीय प्रशासनले बजार बन्द गर्ने ,सवारी आवागमनमा कडाइ गर्ने लगाएका निर्णलय गरेको छ । (आज ) शनिबारबाट एक हप्ताका लागि रौतहटमा पुर्ण रुपमा निषेधाज्ञा भएको छ ।
शनिबारबाट स्थानीय प्रशासनले आम सर्बसाधारणका लागि आफ्नो सुरक्षा आफै गर्न र स्थानीय प्रशासानले गरेको निषेधाज्ञाको उल्लंघन गर्ने माथि कडा कार्वाही समेत गरिरहेका छन् ।