वीरगंज । तेह्रथुममा कोरोनाका कारण तत्कालीन सुङनाम गाबिसका प्रधानपञ्चको मृत्यु भएको छ । लालीगुरास नगरपालिका–५ घर भई हाल म्याङलुङ बजारमा बस्दै आएका ८८ वर्षीय तत्कालीन सुङनाम गाविसका प्रधानपञ्च हर्क वहादुर लिम्बूको उपचारकै क्रममा मृत्यु भएको हो ।
उपचारकै क्रममा मृत्यु भएपछि लिम्बूको एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतलाले जनाएको छ । लिम्बूको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि राति उनलाई अस्पताल ल्याइएको थियो ।
जिल्लामा उपचारकै क्रममा कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो । मृतकको शवलाई म्याङलुङ नगरपालिकाको व्यवस्थापनमा नेपाली सेनाको टोलीले म्याङलुङ–१ तमोरनदी नजिकैको रातो डाँडामा अन्त्येष्टि गरेको छ ।जिल्लामा हालसम्म कोरोनाका ७४ जना संक्रमित बिरामी रहेका छन् भने ३ जना निको भई घर फर्किइसकेका छन् ।