• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामाजिक अपहेलनाले झन् पीडामा छन् कोभिड संक्रमित

  • वीरगंज संजाल
  • ३० बैशाख २०७८, बिहीबार १०:५७
  • ३६०५

    वीरगंज | कैलालीमा कोभिड-१९ सङ्क्रमितले भोग्‍ने स्वास्थ्य समस्याभन्दा सङ्क्रमितका परिवारले भोग्‍ने सामाजिक अपहेलना झन डरलाग्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडको बेला छरछिमेकमा सद्भाव कायम राख्न आग्रह गरेको छ तर समुदायमा सङ्क्रमितका परिवारले अपहेलना भोगिरहेको गुनासो गर्न थालेका छन् ।

    टीकापुरको ब्लक नं ‘सी’ का एक युवक सङ्क्रमित भए । युवक सङ्क्रमित भएपछि उनको परिवारले सामाजिक अपहेलना भोगेको बताए । ‘बाहिर निस्कियो कि छिमेकीले नै कोभिड सार्न निस्किएको हो भन्‍न थाले, खाद्यान्‍न तरकारी पनि किन्‍न पाइएन, पसलेले पनि सामान दिन मानेनन्’, युवककी श्रीमतीले भनिन्, ‘रातिको समयमा टाढाका पसलमा मुख छोपेर अत्यावश्यक सामान खरिद गरेर ल्याएँ ।’

    श्रीमान् बिरामी भएको पीडा हुँदाहुँदै छिमेकीले गरेको व्यवहारले थप पीडा दिएको उनले बताइन । ‘अपराधीलाई जस्तै व्यवहार गरे, करिब २० दिन निकै गाह्रो भयो’, उनले भनिन्, ‘मनोबल उच्च बनाउने समयमा दुव्र्यवहार सहनुपर्दा पीडा हुनेरहेछ ।’

    जानकी गाउँपालिकाका ४३ वर्षीय अर्का युवक भारतमा रोजगारी गुमेपछि स्वदेश फर्किए । स्वदेश फर्केको ती दिनपछि उहाँलाई स्वास्थ्य समस्या शुरु भयो । उनले पिसिआर परीक्षण गर्दा नतिजा पोजिटिभ आयो । ‘मसँगै परिवारका अन्य सदस्यसमेत बिरामी भए । सबैलाई स्वास्थ्य समस्या शुरु भयो । सङ्क्रमित छौँ भनेपछि अरुलाई जोखिम नहोला भनेर छिमेकीलाई भन्यौँ’, युवकले भने, ‘म त समुदायबाटै एक्लो भएँ, मेरो घरमा छिमेकीले हेर्न पनि छोडे । अहिले हामी सबै निको भइसक्यौँ तर हाम्रो घरतिर न कोही हेर्छन्, न बोल्छन् ।’

    समाजमा होम आइसोलेशनमा बसेका मानिसलाई असल छिमेकीले आवश्यक खाद्यान्‍न, अन्य सामग्री र औषधि किनेर ल्याइदिनु पर्ने हो तर सङ्क्रमित वा सङ्क्रमणको शङ्का लागेका परिवारलाई समाजमा दुव्र्यवहार गर्न थालिएको छ । अझ बजार क्षेत्रमा कोठा भाडामा बस्नेलाई बढी कठिनाइ छ । कोठा भाडामा बस्नेहरु सङ्क्रमित भइहाले कोठा छोड्नुपर्ने डरले परीक्षणमा समेत जान सकेका छैनन् । टीकापुर १ ब्लक ‘बी’ मा स्थानीय सहकारीमा कार्यरत एक महिलाको परिवार बस्छ । श्रीमान् भारतमा रोजगारी गर्छन् । एक सातादेखि महिला र महिलाका दुई बच्चा बिरामी छन् । ‘छिमेकीले शङ्का गरेका छन् तर बिसञ्चो हुँदा पनि समस्या छैन भन्‍नुपरेको छ’, महिलाले भनिन्, ‘धारा र शौचालय एउटै छ । बिरामी भए कोठा खाली गर्नु भन्लान् भन्‍ने डरले लुकेर औषधि गर्न गयौँ ।’

    सङ्क्रमण फैलिनबाट बच्नु आफैँमा बुद्धिमानी हो तर सङ्क्रमण भइहालेमा सङ्क्रमित बचाउन सबैको सहयोग आवश्यक हुन्छ । सङ्क्रमित र तिनका परिवारका लागि आवश्यक सहयोग सबै क्षेत्रबाट हुनुपर्ने समाजशास्त्री शिवचरण चौधरी बताउँछन् । ‘सङ्क्रमितलाई परीक्षण र उपचारका लागि अस्पतालसम्म जाने वातावरण समुदायले बनाइदिनुपर्छ । उनीहरुले आवश्यक सामानमात्र होइन, औषधि, एम्बुलेन्स आदिका लागि तड्पिनुपरेको छ’, उनी भन्‍छन्, ‘यस्तो कठिनाइ भोग्नुपर्दा उनीहरुको मनोबल कमजोर हुन्छ । मनोबल बढाउने काममा सबै सहयोगी बन्‍नुपर्छ । दूरी कायम गरेर सहयोग गर्दा सबैलाई सहज हुन्छ ।’

    टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स तथा मनोसामाजिक परामर्शकर्ता कल्पना खड्का कोभिड भाइरसको सङ्क्रमण फैलिरहेकाले यसबाट बच्नका लागि दुर्व्यवहार गर्न आवश्यक नभएको बताउँछन् । ‘अप्ठ्यारो तथा समस्यामा चाहिने भनेकै छिमेकी हो । छिमेकी बिरामी भएर छटपटाइरहेका बेला उसलाई आवश्यक सहयोग गर्न कञ्जुस्याईं गर्नु गलत हो’, खड्का भन्‍छन्, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीले कसरी सेवा गरिरहेका छन् ? उनीहरुलाई पनि त मृत्युको डर होला ? चिकित्सकले यो समयमा गरेको सेवाबाट केही सिकौँ ।’ स्टाफ नर्स खड्का समाजमा सद्भाव बचाइराख्‍न अप्ठेरोमा रहेकालाई सहयोग गरे अस्पतालमा पनि बिरामीको भीड कम हुने बताउँछन् । ‘अस्पतालहरुमा धान्‍नै नसकिने भीड छ, दूरी कायम गरेर सुरक्षित तवरले एक अर्कालाई सहयोग गरौँ’, उनले भने, ‘यो बेला धेरै मानिस आत्तिएर मरिरहेका छन् । मानिसलाई शान्त रहन प्रोत्साहन गरौँ ।’ रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑