• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नागरिकको जीवन रक्षाका लागि भारतलाई सहयोग जुट्दैछ, हाम्रा प्रधानमन्त्रीले कसरी स्थिति नियन्त्रणमा देखे ?

  • वीरगंज संजाल
  • २९ बैशाख २०७८, बुधबार १०:४२
  • ४३२१

    वीरगंज | कोभिड–१९ संक्रमित र जीवन गुमाउनेहरूको संख्या भयावह बन्दै गएको छ । वैशाख २५ देखि वैशाख २८ को बीचमा कोभिड–१९ का कारण जीवन गुमाउनेको संख्या झण्डै ३२५ प्रतिशतले बढेको छ । जनसंख्याको हिसाबले भारतमा भन्दा महामारीले नेपालमा ठूलो मानवीय क्षति पुर्‍याइरहेको छ । महामारी नियन्त्रण गरी मानवीय क्षति कम गर्न भारतले विश्वभरबाट सहयोग लिइरहेको छ । भारतको स्वास्थ्यप्रणालीले धान्नै नसक्ने गरी संक्रमितको संख्या बढेपछि त्यहाँ स्थिति भयावह भएको थियो । भारतमा नयाँ संक्रमितको संख्या घट्न थालेको छ तर महामारीको दोस्रो लहरले नेपाललाई नराम्रोसँग लपेटेको छ ।

    भारतमा आज र भोलि गरी जापान सरकारले आपतकालीन सहयोग पठाउन लागेको छ । जापानले भारतलाई ३०० अक्सिजन कन्सन्ट्रेसन र ३०० भेन्टिलेटर पठाउन लागेको छ । त्यो मध्ये १०० अक्सिजन कन्सन्ट्रेटर केही दिन अघि नै भारत आइसकेको छ । बाँकी दुई सय अक्सिजन कन्सनट्रेटर आज र भोलिसम्म भारतमा आइपुग्दैछन् । जापानले भारतलाई ५ करोड अमेरिकी डलर बराबरको आपतकालीन सहयोग पठाउने जापानी विदेश मन्त्री मोतेगीले भारतीय समकक्षी एस जयशंकरलाई जानकारी गराइसकेका छन् । भारतलाई यसअघि पनि दक्षिण कोरिया, अमेरिका, रुस, जर्मनी लगायत दर्जनौ देशहरूले सहयोग पठाइरहेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीको ट्वीटर फिड पछ्याउने हो भने पनि भारतले कसरी सहयोग जुटाइरहेको छ भन्ने प्रष्ट हुन्छ ।

     

     

     

    नेपालमा स्थिति भयावह हुँदै गर्दा बाह्य सहयोग जुटाउनेतर्फ सरकारले ध्यान पुर्‍याउन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अमेरिकी टेलिभिजन च्यानल सीएनएनलाई दिएको अन्तर्वार्तामा अहिले कोभिड(१९ को स्थिति नियन्त्रणमा (सिचुएसन अण्डर कन्ट्रोल) रहेको उल्लेख गर्दै बाह्य सहयोगका लागि आह्वान गर्नुपर्ने अवसर गुमाएको सार्वजनिक वृत्तबाट टिप्पणी भएको थियो । त्यसपछि नेपाललाई सहयोगका अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरिएको उनको लेख सोमबार बेलायती अखबार ‘दि गार्डियन’मा प्रकाशित छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑