• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अब प्रधानमन्त्री भन्‍नुहुनेछ- कुन कोभिड ? कहाँ आयो र ?

  • वीरगंज संजाल
  • २९ बैशाख २०७८, बुधबार ०८:३८
  • ७६९३

    वीरगन्ज । गत निर्वाचनमा चुनाव प्रचारमा म सहभागी भएको थिएँ । गाउँ डुल्ने क्रममा पाँच वर्षीया एक बालिकामाथि मेरो आँखा ठोक्किन पुग्यो । त्यो कपकपाउँदो मधेसको जाडोमा उनी सानो झुपडी अगाडिको पेटीमा खुट्टामा जुत्ता नलगाई बसेकी थिइन् । फूलबुट्टेदार बाक्लो लुगा लगाएकी थिइन् । उनको हातमा सानो गुडिया थियो । जुन गुडियाको धेरैजसो कपाल झरिसकेको थियो ।

    उनी गुडियासँग खेल्न व्यस्त थिइन् । उनीबारे उल्लेख गर्नुपर्ने विशेष केही पनि छैन । तर, म उनीबारे सोच्दै थिएँ । उनी खेलेर सन्तुष्टि लिइरहेकी थिइन् । बाल्यकालमा खेलेर सन्तुष्टि प्राप्त गर्नु सामान्य विषय नै हो । मेरो मस्तिष्कले सोच्दै थियो । अबको एक दशकपछि यी बालिकाको जीवनस्तर उनको माता-पिताले बिताएको जीवनभन्दा सहज, सरल र सुविधायुक्त हुन्छ कि हुँदैन ? म यो किन सोच्दै थिएँ भने राजनीति र आर्थिक व्यवस्था समाजकै छनोट हुन्छ । जस्तो कि, उत्तर कोरिया र दक्षिण कोरिया ।

    कुनै बेला यी दुई कोरिया एकै देश थिए । सन् १९४५ मा यी दुई कोरियामा विभाजन भयो । उत्तर कोरियाले समाजवादी विचारधारा र राज्य नियन्त्रित आर्थिक व्यवस्था लागू गर्‍यो । अर्कोतर्फ दक्षिण कोरिया जसले खुला बजार आर्थिक व्यवस्थालाई प्रोत्साहन गर्‍यो । उत्तर कोरियाले बेरोजगारी, भोकमरी र अक्षमता उत्पादन गर्‍यो । अर्कोतर्फ दक्षिण कोरियाले सामसुङ र हुन्डाईजस्ता ठूला-ठूला बहुराष्ट्रिय कम्पनी स्थापना गर्‍यो । आजको दिनमा यी दुई देशका जनताको जीवन स्तर तुलना नै हुन सक्दैन । नेपाली जनताले लोकतान्त्रिक व्यवस्था छनोट गरेका छन् । संविधानको प्रस्तावनामै (लोकतान्त्रिक) समाजवादउन्मुख राज्य भनेर उल्लेख गरिएको छ ।

    नेपालको लोकतान्त्रिक व्यवस्थाले जनताले अपेक्षा गरेअनुरूप सेवा प्रवाह गर्न सकिरहेको छैन । संविधान अथवा हाम्रो संस्कारले लोकतन्त्रलाई दुर्घटनाबाट जोगाउने कुनै उपकरणको विकास गरेको छैन । अवश्य पनि लोकतन्त्र मजबुत बनाउने एक मात्र उपाय हो, राजनीतिक स्थायित्व र प्रतिव्यक्ति आयमा वृद्धि ।

    विगतको खराब राजनीतिबाट राजनीतिक दलले पाठ सिक्न सकेका छैनन् अर्थात् राजनीतिक दलहरूले पुरानो मानसिकता परित्याग गरेका छैनन् । कुनै बेलाको दरबारको अधिनायकवादी मानसिकता, कार्यशैली र चरित्र वर्तमान अवस्थामा राजनीतिक दलका नेता र नेतृत्वमा गहिरो प्रभाव देखिन्छ । भनाइमा लोकतान्त्रिक भने पनि व्यवहारमा अधिनायकवादी शैली पछ्याउँदै दलीय सत्ता र सरकारी सत्ता बाँचुन्जेल उपभोग गर्ने मानसिकताबाट ग्रस्त छन् । के कांग्रेस ? के कम्युनिस्ट ? अथवा नयाँ-पुराना सबै दलमा यही चिन्तन हाबी छ ।

    देशमा आगो लागेको छ । राजनीतिक दलहरू सत्ताको खेल खेल्दै छन् । अस्पतालमा बेड छैन । अक्सिजनको अभाव छ । भेन्टिलेटर विशिष्ट व्यक्तिका लागि लुकाइएको छ ।
    लोकतान्त्रिक व्यवस्थाले मात्रै जनताको अपेक्षा पूरा गर्न सक्छ । तर, त्यो लोकतान्त्रिक व्यवस्थामा आलोपालो त्यही एउटै व्यक्तिको शासन भइदियो भने के हुन्छ ? त्यही हुन्छ, जुन नेपालमा भइरहेको छ ।

    २०४८ सालदेखि ३० वर्षसम्म नेपाली कांग्रेसमा शेरबहादुर र रामचन्द्र पौडेललगायतले कुनै न कुनै भूमिकामा सत्ताको उपभोग गरी नै रहेका छन् । एमालेमा माधव नेपाल-केपी ओलीहरू पनि ३० वर्षदेखि सत्ताकै वरिपरि नै छन् । २०६३ सालपछि प्रतिस्पर्धाको राजनीतिमा आएको प्रचण्ड, बाबुराम, उपेन्द्र यादवहरूको चरित्र यिनीहरूभन्दा भिन्‍न छैन । आह ! वास्तविकता के हो भने नेपालमा राजनीति साधन-स्रोत जुटाउने माध्यम भएको छ जुन कहिले पनि अन्त्य हुँदैन । अझ भन्‍नुपर्दा राजनीति दुहुनो गाई भएको छ । एरिस्टोटलले कुनै युगमा भनेकोजस्तै अनुभूति हुन थालेको छ । उनले भनेका थिए, ‘राजनीतिको उद्देश्य कहिले पनि नागरिकलाई खुसी बनाउने हुँदैन ।’

    यद्यपि यो मान्यतासँग म सहमत छैन । नेपालको राजनीतिक अभ्यासले अर्थतन्त्रलाई उब्जाउ खेती र विकासलाई घरेलु कामको जस्तो व्यवहार गर्छ । जब राजनीतिक दलले सत्ता प्राप्त गर्छन्, एउटा गहकिलो विकासे नारा दिने प्रचलन छ । जसको अन्तर्निहित स्वार्थ विकास र समृद्धिभन्दा अरू थोक नै हुन्छ । पञ्चायत कालदेखि नै यो परम्पराको सुरुवात भएको थियो जुन अहिलेसम्म पनि निरन्तर छ । जस्तो कि, पञ्चायत कालमा ‘विकासको मूल फुटाऊ’, कांग्रेसले ‘विश्वेश्वरसँग गरिबी निवारण’, एमालेले ‘आफ्नै गाउँ आफैँ बनाऔँ’, माओवादीले ‘नयाँ नेपाल’ र वर्तमान सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली ।’

    पञ्चायत, कांग्रेस, एमाले, माओवादी कुनै पनि दलले यो बानी छोडेका छैनन् । राजनीतिक दलको बकबकको भित्री रहस्य बुझ्‍न सकेनौँ भने यिनीहरूबाट प्रवाह हुने सेवा र सुविधा शून्य नै हुन्छ । सम्भवतः समाज राजनीतिक प्रतिगमन र आर्थिक मन्दीतर्फ जानेछ । अझ बढी गतिमा र अझ बढी क्षति निम्त्याउन सक्छ । नेपालको लोकतान्त्रिक व्यवस्था अथवा संविधानमा त्रुटि छैन । त्यो व्यवस्थाको सञ्चालनकर्ता राजनीतिक दलको विधान र नेतृत्वको मानसिकतामा समस्या छ । नेपालका राजनीतिक दलहरूको दाबी हुने गर्छ, नेपालको अर्थतन्त्र ५० वर्षमा ५० गुणा ठूलो आकारको भएको छ ।

    जनसंख्याका आधारमा नेपाल विश्वको ४९औँ ठूलो देश पनि त भएको छ । अर्थतन्त्रको आधारमा १०२औँ र कुल गार्हस्थ्य उत्पादनका आधारमा १५६औँ स्थानको सार्वभौम सम्पण राष्ट्र पनि त भएको छ अर्थात् जनसंख्या वृद्धिको अनुपातमा अर्थतन्त्रले गति लिन सकेन । यसले व्यापक स्रोतसाधन र भौतिक संरचनाको अभाव निम्त्याएको छ । जुन क्षेत्र हेर्‍यो, त्यहीँ त्रासदी छ ।

    एउटा मान्यता छ, लोकतान्त्रिक व्यवस्थाले मिडल क्लास (मध्यम वर्ग) लाई बलियो बनाउँछ तर यहाँ मिडल म्यान (बिचौलिया) लाई प्रभावशाली बनाएको छ । बिचौलियाको शासनको अनुभूति भएको छ । राजनीतिक दलहरू यी बिचौलियाका सञ्चालनकर्ता हुन् भन्‍ने कसैसँग लुकेको छैन ।
    देशमा आगो लागेको छ । राजनीतिक दलहरू मास्टर बेडरुममा सत्ताको खेल खेल्दै छन् । कोरोनाको महामारीले देशलाई आक्रान्त बनाएको छ । अस्पतालमा बेड छैन । अक्सिजनको अभाव छ । भेन्टिलेटर विशिष्ट व्यक्तिका लागि लुकाइएको छ । जनशक्तिको अभाव भएको त वर्षौंदेखि नै हो । यस्तो किसिमको मानवीय संकटको अवधिमा पनि कालोबजारिया र बिचौलियाको अराजकताको सीमा नाघेको छ । एउटा मान्यता छ, लोकतान्त्रिक व्यवस्थाले मिडिल क्लास (मध्यम वर्ग)लाई बलियो बनाउछ तर यहाँ मिडिल म्यान (बिचौलिया)लाई प्रभावशाली बनाएको छ । बिचौलियाको शासनको अनुभूति भएको छ । राजनीतिक दलहरू यी बिचौलियाका सञ्चालनकर्ता हुन् भन्‍ने कसैसँग लुकेको छैन । संविधान र कानुनले कडा सजायको व्यवस्था गरेको छ । यी कालोबजारिया र बिचौलियाहरूले सजाय पाएको विरलै सुन्‍न र देख्‍न पाइन्छ ।

    पहिलो कोरोनाको लहरमा ओम्नी कम्पनीको नाममा भएको भ्रष्टाचार र यसमा संलग्नहरू अहिले पनि सरकारको वरिष्ठ मन्त्रीकै पदमा बसेर निर्देशन जारी गरिरहेकै छन् । विडम्बना त के भयो भने तीन महिनाभित्रै सबै नेपालीलाई कोरोनाको खोप लगाइसक्ने प्रधानमन्त्रीको उद्घोष उनकै आसेपासे र बिचौलियाहरूले हावा खुवाइदिए । तर, प्रधानमन्त्रीको जवाफ थियो, ‘ए हो र ? तिनै पो रहेछन् ।’

    आफ्नो सत्ता जोगाउन असंवैधानिक तवरबाट संसद् विघटन गर्न सक्ने । अविश्वासको प्रस्ताव छल्न खुरापाती चाल चल्दै संसद् नै स्थगित गर्न सक्ने । अध्यादेशबाटै देश चलाउन जान्‍ने । सांसदलाई नक्कली बिरामी बनाई अस्पताल नै पुर्‍याउन सक्ने । यी सबै गर्न सक्ने अद्भुत क्षमताका धनी प्रधानमन्त्रीले अस्पतालको बेड, अक्सिजन, भेन्टिलेटरको व्यवस्था गर्न कुनै चासो देखाएनन् ।

    कोरोना खोपमा भाँजो हाल्ने बिचौलियालाई कारबाही गर्न सकेनन् । उल्टो पुरस्कृत गरेका छन् । अरू मुलुकमा पनि राजनीति हुन्छ । जनतालाई सेवा र सुविधा कसरी उपलब्ध गराउनेमा केन्द्रित भएर राजनीति हुन्छ । नेपालमा आफू र आफ्नो सत्ता कसरी बचाउने नाममा राजनीति हुन्छ । आफ्ना आसेपासेलाई सरकारी नियुक्ति, ठेक्का र नातेदारलाई राजदूत कसरी बनाउने नाममा राजनीति हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    News

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑