• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रेम्डेसिभिर औषधिबारे सरकारको दोधारे नीति : सास्ती खेप्दै कोभिडका बिरामी

  • वीरगंज संजाल
  • २८ बैशाख २०७८, मंगलवार १७:४४
  • २१६१

    वीरगन्ज । ललितपुरका भूषण रत्न धाख्वा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने अवस्थामा पुगे । ३७ वर्षीय धाख्वालाई अवस्था बिग्रिदै गएपछि सानेपास्थित स्टार अस्पतालको आइसियुमा राखियो ।
    उपचारमा संलग्न चिकित्सकले बिरामीका लागि रेम्डेसिभिर औषधि चलाउनुपर्ने भन्दै परिवारलाई औषधि ल्याउन भने । स्वास्थ्य मन्त्रालयले नपठाएको भन्दै अस्पतालले उक्त औषधि आफूसँग नरहेको बतायो । संक्रमित धाख्वाका बुवाले रेम्डेसिभिर औषधिका लागि चिनेजानेका अस्पताल र आफन्त गरी धेरैसँग सम्पर्क गरे तर औषधि पाउन सकेनन् ।

    छोराको अवस्था देखेर उनी कालो बजारीमार्फत भए पनि रेम्डेसिभिर किन्न तयार थिए । छोराको ज्यान बचाउन भन्दै उनले आफन्तसँग जति मूल्य परे पनि किन्न तयार रहेको भन्दै हारगुहार गरिरहे । साँझमात्रै उनले नाम चलेका एक व्यक्तिको पहुँचका आधारमा जम्मा दुई भाइल रेम्डेसिभिर पाए ।

    तीन हप्ता यता धाख्वाका परिवारजस्तै सयौँ मानिसले रेम्डेसिभिर औषधिका खारिदका नाममा यस्ता सास्ती खेप्नु परिरहेको छ ।

    कोभिडको उपचारमा संलग्न चिकित्सकले रेम्डेसिभिर औषधि ‘रामवाण होइन’ भन्दै आइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोभिडका बिरामीले रेम्डेसिभिर प्रयोग गर्नु र नगर्नु एउटै हो भन्दै आइरहेको छ । तर, औषधि व्यवस्था विभागले भने रेम्डेसिभिर औषधि प्रयोगका लागि अनुमति दिएको छ ।

    सरकारले यस औषधिबारे प्रष्ट धारणा बनाउन नसक्दा बिरामीले सास्ती त झेल्नु परिरहेको छ नै, कालोबजारीमा समेत खरिद गर्न होडबाजी चल्न थालेको छ ।
    कोरोनाको पहिलो लहरमा स्वास्थ्य अनुसन्धान परिषद्ले रेम्डेसिभिर औषधिको प्रभावकारिता अध्ययन गरेको थियो । यसअघि अस्पताल भर्ना भएर रेम्डेसिभिर औषधि लिएका एक हजार ३४५ जनामा प्रभावकारिताबारे अनुसन्धान गरिएको जनस्वास्थ्यविद् डा. जनक कोइराला बताउँछन् । रेम्डेसिभिर नलिने र प्लाज्मा थेरापी नगरेका बिरामीको तुलनामा यो औषधि लिएका र प्लाज्मा थेरापी गरेका बिरामीको अस्पताल बसाई कम हुनुका साथै मृत्यु दर पनि कम पाइएको डा. कोइरालाको भनाइ छ ।

    यद्यपि रेम्डेसिभिर औषधिले बिरामीलाई १०० प्रतिशत निको भने नपार्ने उनले बताए । कोरोना संक्रमणबाट गम्भीर अवस्थाका बिरामीलाई रेम्डेसिभिर औषधि दिइन्छ । उनका अनुसार, यो औषधि सेवन गर्ने सबैजना चाँडै कोरोना मुक्त हुन्छन् वा कसैको मृत्यु नै हुँदैन भन्ने बुझ्न मिल्दैन ।

    ​नेपालमा गरिएको अध्ययनको प्रभावकारिता बारेमा भन्दा पनि अन्तर्राष्ट्रिय रुपमा गरिएको अध्ययनका आधारमा विश्वास मान्नुपर्ने उनी बताउँछन् ।
    जनस्वास्थ्यविद् किरणराज पाण्डे कोभिड उपचारमा संलग्न चिकित्सकहरु रेम्डेसिभिर औषधिको प्रभावकारिताबारे अपडेट हुनुपर्ने बताउँछन् । विश्व स्वास्थ्य संगठनले नै रेम्डेसिभिर औषधि प्रयोगको प्रभावकारिताबारे प्रष्ट पारेकाले कोभिड संक्रमितका आफन्तलाई यो औषधि किन्न लगाउनु उपयुक्त नभएको उनी बताउँछन् ।

    अस्पतालमा भर्ना हुने जटिल खालका बिरामी बढेसँगै रेम्डेसिभिर औषधिको माग बढेको छ । ‘उपचाररत अस्पतालमा यो औषधि नपाएपछि बिरामीका आफन्तहरु विभिन्न अस्पतालमा भौतारिएका छन्,’ उनी भन्छन्, ‘बिरामीका आफन्तलाई निको हुन सक्ने आशा देखाउँदै महँगो मूल्यमा औषधि किन्न बाध्य पारिएको छ ।’

    यसरी रेम्डेसिभिर औषधि प्रयोगका सम्बन्धमा चिकित्सक, स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्यविद्हरुले फरकफरक धारणा सार्वजनिक गर्दा बिरामी मारमा परेका छन् । स्वास्थ्य अनुसन्धान परिषद्ले रेम्डेसिभिर औषधि प्रयोग नगर्नेभन्दा गर्नेमा तुलनात्मक रुपमा सकारात्मक प्रभाव पाइएको जानकारी दिन्छ । स्वास्थ्य मन्त्रालयका अधिकारी भने कोभिड बिरामीले यो औषधि सेवन गर्नु र नगर्नुमा कुनै अर्थ नरहेको बताउँछन् ।
    सरकारले कोरोना संक्रमणको पहिलो लहरमा सरकारले एक लाख भाइल रेम्डेसिभिर औषधि खरिद गरेको थियो । दोस्रो लहरमा औषधि व्यवस्था विभागले एक लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदका लागि विभिन्न कम्पनीलाई अनुमति दिएको छ ।

    अनुमति दिएकामध्ये १३ हजार भाइल औषधि नेपाल भित्रिसकेको छ । यद्यपि उपचाररत बिरामीले यो औषधि सहज रुपमा पाउँदैनन् । डब्लूएचओ अर्थात् विश्व स्वास्थ्य संगठनले नै कोभिड बिरामीका लागि काम नगरेको निष्कर्ष निकालिसकेकाले रेम्डेसिभिर औषधिको पछाडि नदौडिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम सबैलाई आग्रह गर्दछन् ।

    ‘डाक्टरले लेखेपछि बिरामीले औषधि खोज्छन्,’ उनी भन्छन्, ‘तर कोभिड बिरामीका लागि रेम्डेसिभिरले कुनै फाइदा गर्दैन ।’ पाटन अस्पताल लगायत अन्य अस्पतालले समेत कोभिड बिरामीका लागि रेम्डेसिभिर औषधि नचलाएको उनले सुनाए ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रेम्डेसिभिर औषधि प्रयोगबारे गरेको अनुसन्धान, विश्वस्तरमा भइरहेका अध्ययनका आधारमा धारणा बनाई जनतामाझ प्रस्तुत गरेको खण्डमा जनताले दुःख नपाउने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

    ‘रेम्डेसिभिर औषधिका सम्बन्धमा उपचारमा संलग्न चिकित्सकलाई थाहा छ,’ उनले भने, ‘गम्भीर भएका बिरामीलाई बचाउन सकिन्थ्यो कि भन्ने आशामा सायद चिकित्सकहरुले रेम्डेसिभिर औषधि लेखिदिन्छन्, सहजरुपमा औषधि नपाउँदा सर्वसाधारणले दुःख पाउँछन् ।’

    उनी पनि कोभिड बिरामीका लागि यो औषधि रामवाण नभएको बताउँछन् । ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले कस्तो निचोड निकाल्यो ! विदेशमा कुनै देशले प्रयोग गर्ने कुनैले नगर्ने गरेका छन्,’ उनले भने, ‘अध्ययनका आधारमा रेम्डेसिभिर औषधि संक्रमितले सुरुवाती चरणमा प्रयोग गर्ने वा जटिल अवस्थामा पुगेपछि प्रयोग गर्ने भन्नेबारे प्रष्ट पारे राम्रो हुन्थ्यो ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑