• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संसदमा ओलीलाई प्रचण्डले सोधे २१ प्रश्न

  • वीरगंज संजाल
  • २७ बैशाख २०७८, सोमबार १८:१५
  • ३९९३

    वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मत लिँदै गर्दा पुस ४ सम्मका सहयात्री पुष्पकमल दाहाल प्रचण्डले उनीमाथि अनेक प्रश्न उठाएका छन्। पुनःस्थापित प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत ओलीले विश्वासको मत पाउने सम्भावना कम छ।

    आजको बैठकको सुरुमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए। उनले आफूलाई विश्वासको मत माग्दै लामो समय सरकारले गरेको कामको फेहरिस्त सुनाएका थिए। त्यसपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति देउवाले सरकारमाथि अनेक प्रश्नसहित कडा आलोचना गरे। उनले पनि प्रतिपक्षीको धर्म निभाउने भन्दै सरकारलाई विश्वासको मत दिन नसक्ने बताए ।

    त्यसपछि बोलेका ओलीका केही महिना अघिसम्मका सहयात्री प्रचण्डले अनेक प्रश्न गरे । प्रचण्डले प्रश्न मात्रै गरेनन् । उनले ओलीबाट अझै पनि आफूले सिकिनसकेको भन्दै कटाक्ष पनि गरे। ‘तपाईं त ज्यान जाला बरु कुर्सी चाहिँ छाड्दिनँ भन्नेमा दृढ हुनुहुँदो रहेछ’, उनले भने, ‘म मनमा जे छ मुखमा त्यही ल्याउँछु तर तपाईं त दोहोरो कुरा गर्नुहुँदोरहेछ। आजकाल म तपाईंबाट केही सिक्न चाहन्छु ।’

    लामो समयको संवादहीनतापछि आज सदनमा भेट भएका ओली-प्रचण्डले एकआपसमा राम्रैसँगले तितो पोखापोख गरे। प्रचण्डले ओलीलाई प्रश्नै प्रश्न तेर्स्याए भने ओलीले आफूलाई काम गर्न नदिएको भन्दै जवाफ फर्काए। प्रचण्डले आज नेकपा खारेज हुनुअघि सम्मका सहयात्री ओलीमाथि अनेक प्रश्न गरे।

    संसदमा प्रचण्डले ओलीमाथि राखेका २१ प्रश्न :

    १) राष्ट्रिय स्वाधीनतामाथिका समस्याहरु, लोकतान्त्रिक प्रणालीमा संकट, कम्युनिस्ट आन्दोलनमा संकट, एकताको एउटा महान र असाधारण पहलकदमीमा संकट मुख्यरुपमा कसको कारण आयो? के तपाईं छातीमा हात राखेर आत्मसमीक्षा गर्नसक्नुहुन्छ ?

    २) तपाईंले कहिलेकाँही बोलेको सुन्छु, म हो कि तपाईं हो राष्ट्रिय समस्या? आउनुस् बहस गरौँ। मैले तपाईंलाई प्रधानमन्त्री प्रस्ताव गरेको म राष्ट्रिय समस्या भएर हो ?
    ३) वाम गठबन्धन बनाउने प्रस्तावकर्ता म राष्ट्रिय समस्या हो ?
    ४) मैले पार्टीभित्र बहस गर्दा कहिले तपाईंको कुन कार्यक्रमलाई मैले व्यवधान गरेँ, तपाईंले ठोस रुपमा जवाफ दिन सक्नुहुन्छ ?
    ५) पार्टीभित्रको कचिङ्गलका क्रममा प्रतिनिधिसभा विघटन गर्ने तपाईं अनि म राष्ट्रिय समस्या ?
    ६) पार्टीभित्रको त्यो लोकतान्त्रिक बहसलाई पार्टीभित्रको कचिङ्गलका कारण भनेर सम्मानित सदन विघटन गर्ने सिफारिस गरेर न्याय गरेको हो देशप्रति ? संविधानप्रति ?
    ७) आपसमा भएको विवादलाई सिंगो देशलाई आक्रान्त हुने गरी यो सार्वभौम सांसलाई तपाईंले विघटन गरेको होइन ?
    ८) तपाईंले विश्वासको मत माग्ने पनि नैतिक अधिकार छ र ? यी माननीयज्यूहरुसँग त्यो अधिकार छ र प्रधानमन्त्रीज्यू ?
    ९) यदि तपाईंले विश्वासको मत प्राप्त हुँदैन, त्यसपछि संविधानको अर्को धारामा जान्छु, सदनलाई फेरि विघटन गर्छु र फेरि मध्यावधिमा जाने प्रयोजनका निम्ति आएको त होइन ?
    १०) कतै फेरि विघटनको पक्षधर भएको हुनाले बाटो बनाउनको निम्ति विश्वासको मत लिने काम गर्नुभएको त होइन ?
    ११) तपाईं लोकतान्त्रिक संस्था, पद्धति र परम्परालाई छलेर अर्कै केही गर्न खोज्नुभए हो कि ?
    १२) तपाईंले अपनाएको प्रक्रिया लोकतान्त्रिक छ ? संविधानसंवद् छ ?
    १३) हिजो हामीले गरेको सहमति मैले तोडेको हुँ र प्रधानमन्त्रीज्यू ?
    १४) पालो पालो अध्यक्ष, पालो पालो प्रधानमन्त्री मैले तोडेँ ?
    १५) रथयात्रा अलि पछि गरे हुँदैनथ्यो ?
    १६) कोभिडको दोस्रो लहर चल्न लागेको बेला हजारौं मान्छे जम्मा गर्नेगरी गर्न परेको थियो त ?
    १७) १२ वटा स्मार्ट सिटीको कुरा गर्नुभयो । तर, मेरो निर्वाचन क्षेत्र चाहिँ हुनुहुन्‍न भन्ने पूर्वाग्रह किन राख्नुभयो ? त्यति पूर्वाग्रही तपाईं हुनुपर्थ्यो र ?
    १८) आज तपाईंलाई विश्वासको मत लिनु थियो भने हिजो अध्यादेशमार्फत संवैधानिक परिषदको बैठक किन गर्नु पर्या थ्यो ?
    १९) तपाईं पावरमा भएपछि यी सबैलाई मिचेर देखाउँछु भन्‍ने के त्यस्तो आयो तपाईंलाई ?
    २०) ओरिजिनल म भनेको अर्कै हो भन्ने आयो कि तपाईंलाई ?
    २१) देशमा बढेको आत्महत्याको दर, हिंसाको दरलाई रोक्नका निम्ति कति काम गर्नुभयो ?

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑