बिरगंज । कोरोनाभाइरस संक्रमणको चपेटामा गुज्रिएको भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई महिना निःशुल्क खाद्यान्न र पाँच हजार रुपैँया दिने घोषणा गरेका छन्।
भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोनाभाइरसको संकट बढिरहेको बेला मुख्यमन्त्री केजरिवालले अनलाइन पत्रकार सम्मेलन मार्फत सो घोषणा गरेका हुन्। उनले दिल्लीमा ७२ लाख रासन कार्डवाहक छन्।
दिल्ली सरकारले सबै ७२ लाख रासन कार्डधारीहरुलाई दुई महिना निःशुल्क खाद्यान्न प्रदान गर्ने निर्णय गरेको छ। यस बाहेक दिल्लीका सबै अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ सहयोग गर्ने पनि निर्णय गरेको छ। जसले गर्दा दिल्लीमा रहेका करिब डेढ लाख अटो र ट्याक्सी चालकहरू लाभान्वित हुनेछन्।
केजरिवालकाअनुसार अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ प्रदान गर्नुको मुख्य उद्देश्य भनेको उनीहरुलाई यस आर्थिक संकटमा केहि मद्दत पुगोस् भनेर हो।
त्यसैगरी उनले दुई महिनासम्म निःशुल्क खाद्यान्न उपलब्ध गराउनुको मतलब लकडाउन दुई महिना मात्रै रहने भन्ने होइन, यस्तो अवस्थामा गरिब तथा निमुखा वर्गलाई आर्थिक तथा सहयोग पुयाउन मात्र गरिएको बताएका छन्।