जकपुरधाम । सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एकजना युवकको ज्यान गएको छ।
जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. १ तेतरियाका १६ वर्षीय युवक रामु सदाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।
सदाईलाई बुधबार दिउँसो मोबाइल चार्ज गर्ने क्रममा बायाँ हातको औँलामा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनको उपचारको लागि लग्दै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमको लागि सिरहास्थित लहान अस्पतालमा राखिएको प्राहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले जनाएका छन्।