बीरगंज । कृष्णा प्र.कुशवाहा । विश्वव्यापी कार्य सप्ताह २०२१ शिक्षाको बजेट निर्माण प्रक्रियामा नागरिकको आवाज विषयक छलफल कार्यक्रम मंगलबार विश्रामपुरमा सम्पन्न भएकाे छ । NCE NEPAL शिक्षाका लागि राष्ट्रीय अभियान नेपाल,जिल्ला समन्वय समिति पर्साको आयोजनामा भएकाे कार्यक्रम पर्सा जिल्लाको बहुदरमाई नगरपलिका वडा न ७ विश्रामपुर सर्वोत्तम युवा क्लबको सभा कक्षमा सम्पन भएको छ ।
कार्यक्रममा देशको विकृति रोक्न शिक्षाको नै महत्पूर्ण भूमिका हुन्छ । त्यसैले प्रत्येक विद्यालयको शिक्षकहरुको प्रत्येक महिना मीटिंग बसी प्रत्येक महिनाको उपलब्धि र कमी कमजोरी पता लगाई समधान गरी शिक्षामा लगानी गरिने तथा यस नगरपालिका भित्र रहेका १७ वटा विद्यालयको लागि प्रत्येक विद्यालयमा पुस्तकालय र कम्प्युटरको व्यवस्था गरिने , विद्यालयको गतिविधिलाई अभिभावक बोलाई सार्वजनिक गरिने र सरकारले दिएको सेवा सुविधा बारे छलफल गरिएको वडा नं २ का अध्यक्ष जितेन्द्र पटेलले वताए ।
कार्यक्रममा शिक्षा देश समाज र घरपरिवारको मेरुदण्ड रहेकोले शिक्षा अत्यन्त जरुरी हो। शिक्षालाई नमुना बनाउँदा देश आफै विकाशको गति लिन्छ । शिक्षाले नै देश र समाज बनाउँछ भने शिक्षामा बढी जोड दिनु पर्छ भने कार्यक्रमका अध्यक्ष इब्राहिम देवानले बताएँ ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजीव कुमार मिश्र ,पत्रकार कृष्णा कुशवाहा शिक्षक वीरबहादुर साह तेली, समिना हवारी , स्थानिय केशव राज पण्डित, सम्सुल हावरी,नरेन्द्र साह लगायतको उपस्थित रहेकोे थियो। कार्यक्रमको सहजीकरण रमप्रबेश साहले गरेका थिएँ।