वीरगन्ज|अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार जरिवाना तोकिएका फरार प्रतिवादी ५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२९ बस्डिलवा टोल बस्ने ४० वर्षका बुधन राम छन्।
उनले भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतीहारी रक्सोल नगरपरिषद् वडा नम्बर २१ बस्ने २१ वर्षका रितेश कुमारलाई अपहरण गरी फिरौती रकम माग गरेका थिए।
रामलाई ०७३ असार ६ गते पर्सा जिल्ला अदालतको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो।
सोही बेलादेखि फरार रहँदै आएका उनलाई आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्तता ओमप्रकाश खनालले जानकारी दिए।पक्राउ परेका रामलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाइएको खनालले बताए।