इराक | इराकको राजधानी बग्दादमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ८२ जनाको ज्यान गएको छ ।
कोरोना भाइरसबाट संक्रमित भएका बिरामीहरुको उपचार हुँदै आएको अस्पतालमा आगलागी भएको हो । जलेर अरु १०० भन्दा धेरै घाइते भएका छन् ।
बग्दादमा रहेको इब्न खतिब अस्पतालमा शनिबार राति आगलागी भएको थियो। अक्सिजन ट्यांक बिस्फोट हुँदा आगलागी भएको जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको अफगान सरकारले जनाएको छ ।