रौतहट। रौतहटको चन्द्रपुरमा चादी खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ मोतिपुरका बर्ष १० का प्रतिमा विकको शनिबार मृत्यु भएको हो ।
चादी नदीमा जमेको पानीमा डुबेर शनिबार पौडी खेल्न गएका विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । चादी खोलाको गिट्टी बालुवा उत्खनन गर्दा ठुला–ठुला खाल्टो भएकाले सोही खाल्टोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।
मृतक विकको शव चन्द्रनिगाहपुर अस्पतालमा पोष्टमाटम गरि साझ दाहसंस्कार गर्न परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।