वीरगन्ज | डा. विपिन चौरसिया(निउरोसर्जन) द्वारा ब्रेनकाे जटिल अपरेसन फ्रि मा गरी गरीबकाे ज्यान बचाईयो। वीरगन्जमा अतिनै कठिन मानिने ब्रेन काे अपरेसन गरेर डा. विपिन चौरसियाले एउटा गरीबकाे ज्यान बचाउनु भएको छ। सुगौली पटेरवा बस्ने ३५ वर्षीय आशा माझीलाई उहाँकै छिमेकीले शराबको नसमा खुकुरीले टाउकोमा प्रहार गरी टाउकोलाई तिन टुक्रा पारेको थियो। टाउको को भित्री भागमापनि रगत धेरै मात्रामा जम्मा भएको थियो। एक घन्टामा अपरेसन नभएको भए मर्ने निश्चित थियो।
डा. चौरसियाले आफ्नो खल्तीबाट रु ४५०० दिएर सिटी स्क्यान गराउनु भयो। त्यसपछि रु २५०० दिएर दुई पाउण्ड रगतकाे व्यवस्था आफै गर्नुभयो । पीडित आशा माझीसँग पैसा काे नाममा मात्र रु२५० थियो। अतिनै गरीब भएकोले उहाँलाई पैसा काे अभावले गर्दा नेशनल मेडिकल कलेजले उपचार गर्न मानेन।
त्यपछि उनी भवानी असपतालमा राति ११ बजे इमरजेन्सीमा आउनु भयो र डा. चौरसियाले गरीबकाे यस्तो अवस्था हेरेर तुरुन्तै उपचार गर्नुभयो र माझी काे ज्यान बच्यो। माझी आफ्नो श्रीमती र छोरीसंग एम्बुलेन्समा आउनु भएको थियो।
अपरेसन पछि माझीलाई दुई दिन सम्म आइसियुमा बस्नु परेको थियो। अहिले माझीकाे अवस्था नर्मल छ र उहाँलाई जेनरल वार्डमा सिफ्ट गरिएको छ। यस्तो अपरेसनमा झन्डै २-३ लाख रुपैयाँ लाग्ने गर्दछ।
खाना समेतकाे अभाव भएको माझीलाई अपरेसन पछि राम्रो अवस्थामा देखेर वहाँको परिवार एकदमै खुसी छन्।डा. चौरासिया केही दिन अगाडि पहिलो पटक ब्रेनको अन्युरिजम किलिपिङ गरि वीरगन्जमा चर्चामा आउनुभएको थियो।
वहाँ जय पोली क्लिनिक र भवानी होस्पिटलमा अहिले कार्यरत हुनुहुन्छ। उहाँले पढाइको सिलसिलामा दर्जनौं पटक विदेश भ्रमण गर्नुभएको छ। उहाँलाई युरोपमा EANS अवार्ड बाट सम्मनित गरिएको थियो।
यो आवार्ड एशियामा अहिले सम्म कसैले पनि पाएको छैन। अहिले सम्म ७७वटा साइन्टिफिक आर्टिकल लेखेर नेपालमा मात्रै नभएर विश्वकै न्यूरो सर्जन माझ ख्याति प्राप्त गर्नु भएको छ।