शाकाहारी खाना मुटुका बिरामीको समस्यालाई कम गर्न सक्ने भए पनि यसबाट ‘स्ट्रोक’ को समस्या बढ्ने एक अध्ययनले देखाएको छ । १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका मानिसमा गरिएको अध्ययनले यस्तो देखाएको हो ।
बेलायती ‘मेडिकल जर्नल’ मा प्रकाशित अध्ययनअनुसार एक हजार मांशाहारी भोजन गर्ने मानिसको तुलनामा शाकाहारी खाना खाने मानिसको मुटुको धमनीमा हुने समस्या १० जनामा हुने र प्रति हजार तीन जनामा उक्त समस्या देखिने जनाइएको छ । डाइट एक्सपर्टका अनुसार मानिस शाकाहारी वा मांशाहारी जे भए पनि स्वास्थ्यका लागि आवश्यक क्यालोरी उत्पादन गर्न सक्ने खाना खानुपर्छ ।
उक्त अध्ययनमा सहभागी आधा मानिस मांशाहारी थिए । उनीहरुले सन् १९९३ देखि २००१ सम्म उनीहरुमा अध्ययन गरिएको थियो । १६ हजार मानिस शाकाहारी थिए । जसमा ७.५ प्रतिशत मानिसले आफू ’फिसेटेरियन’ (माछा खाने) भएको बताएका थिए ।
उनीहरुलाई सन् २००१ मा उनीहरुको आहाराका विषयमा सोधिएको थियो । त्यसपछि सन् २०१० मा फेरि तीनै व्यक्तिहरुलाई अध्ययनमा सामेल गरिएको थियो । अध्ययनका क्रममा आहारामात्र नभएर उनीहरुको विगतदेखिको स्वास्थ्यस्थिति, धुम्रपान र शारीरिक गतिविधिलगायतको विषयमा अध्ययन गरिएको थियो ।
जसमा मुटुको धमनीसम्बन्धी समस्या भएका २८२० जना र स्ट्रोकको समस्यासम्बन्धी १०७२ मानिस भेटिए । तीमध्ये ३०० जनामा दिमागको नशा फुट्ने समस्या भेटिएको थियो ।
मांशाहारीको तुलनामा फिसेटेरियनमा मुटुको समस्यासँग सम्बन्धी १३ प्रतिशत जोखिम पाइयो । जबकी शाकाहारी खाना खाने मानिसमा २२ प्रतिशत जोखिम पाइयो । तर, शाकाहारी मानिसममा स्ट्रोकको समस्या २० प्रतिशत बढी पाइयो । शोधकर्ताका अनुसार भिटामिन बी१२ कमीको कारण हुनसक्ने बताइएको छ । उक्त अध्ययन अनुसार अधिक अध्ययन आवश्यक रहनेसमेत बताइएको छ ।
हामीलाई कस्तो खाना चाहिन्छ ?
ब्रिटेश नेशनल हेल्थ सर्भिसको ’इटेबल गाइड’ शाकाहारी र मांशाहारी मानिसहरुमा सन्तुलित आहारा आवश्यक हुने जनाइएको छ । – दिनमा कम्तिमा पनि पाँच किसिमका फल तथा सब्जी खानुपर्छ । – अधिक फाइबर र स्टार्च पाइने आलु, रोटी, भात र पास्ता खानुपर्छ – प्रोटिनयुक्त खाना खानुपर्छ, कम बोसो भएको मासु, माछा, समुद्री भोजन, दाल, सोयाबिन र बदाम खानुपर्छ । – दुध तथा यसको विकल्पमा अन्य दुधजन्य खानेकुरा खानुपर्छ । – चीनी र अधिक बोसो भएको खानेकुरा कम खाने ।