• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १४ जिल्ला किन कोरोना जोखिममा ?

  • वीरगंज संजाल
  • ५ बैशाख २०७८, आईतवार ०९:४१
  • ३३३३

    वीरगन्ज । सीमावर्ती प्रवेश बिन्दुमा गरिएको परीक्षण र बालबालिकासहित चलायमान उमेर समूहमा देखिएको कोरोना संक्रमणदरले १४ जिल्लालाई उच्च जोखिममा सूचीकृत गरेको छ। हेलचेक्र्याइँका साथै विद्यालयमा पठनपाठन नियमित गर्ने वा बन्द गर्ने विषयमा सरोकारवाला निकाय र स्थानीय तहबीच समन्वय हुन नसक्दा संक्रमितको संख्या ह्वात्तै बढेको छ।

    पीसीआर परीक्षण संख्याको १५.१ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितको ४१.६ प्रतिशत काठमाडौं उपत्यकामा देखिएको छ। पछिल्लो २४ घण्टामा ६ हजार १ सय ५८ जनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा ९ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    एक महिनायता सीमावर्ती बिन्दुमा गरिएको एन्टिजेन परीक्षणमा सबैभन्दा बढी सुदूरपश्चिमका प्रवेश बिन्दुमा कोरोना भाइरसको पोजिटिभ केस पाइएको छ। त्यस्तै एक महिना अवधिमा कञ्चनपुरस्थित त्रिनगर हेल्थ डेस्कमा गरिएको परीक्षणमा ५ सय ४८ जनामा पोजिटिभ पाइएको छ। पछिल्लो २४ घण्टामा ४७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

    सीमापारि भारतमा दैनिक २ लाखभन्दा बढी संक्रमित थपिँदा नेपाल पनि प्रभावित हुन पुगेको छ।

    सहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस
    कोरोना संक्रमणबाट स्कुले विद्यार्थी बढी प्रभावित भएपछि कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सहरी क्षेत्रका विद्यालय बन्द गरी भर्चुअल अध्ययन÷अध्यापन गराउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार बसेको सीसीएमसीको बैठकले वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। पछिल्लो २४ घण्टामा १९ वर्षमुनिका ८९ बालबालिका संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    कोरोना संक्रमणको जोखिम बढेको निष्कर्ष निकाल्दै बैठकले वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको एक मन्त्रीले बताए। आइतबार वा सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने जनाइएको छ।

    त्यस्तै, बैठकले पार्टी, सभा, समारोह तथा गोष्ठी र भेलालाई पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ। सवारी साधन, कार्यालय, सार्वजनिक स्थानहरूमा कडा रूपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गराउन पनि सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले यसअघि संक्रमणबाट अति प्रभावित भनी वर्गीकरण गरेका काठमाडौं, भक्तपुर, ललितपुरसहित १४ जिल्लाका सहरी क्षेत्रका विद्यालयमा जोखिम रहेको जनाएको थियो। मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।

    शिक्षा मन्त्रालयले शुक्रबार विद्यालय पुनः सञ्चालन कार्यढाँचा २०७७ अनुसार पालिकाले जोखिमको प्रकृतिअनुसार विद्यालय बन्दको निर्णय गर्ने सक्ने जनाएको थियो। सोही अनुसार कतिपय जिल्लाका विद्यालयले आइतबारदेखि कम्तीमा एक साता पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑