वीरगन्ज । प्रहरीले पर्साबाट १ हजार ४ सय ८८ एम्पुल लागु औषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विहार मोतिहारीका २४ वर्षीय भोला दास रहेका छन् । उनको साथबाट प्रहरीले औषध डाइजेपाम ४९६ एम्पुल, फेनारगन ४९६ एम्पुल र नुर्फिन ४९६ एम्पुल गरी जम्मा १४८८ एम्पुल लागु औषध बरामद गरेको छ ।
साथै उनीमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।