मुम्बई । महाराष्ट्रमा कोरोना महामारी जारी छ ।पछिल्लो पटक महाराष्ट्रमा कोरोनाका ५१ हजार भन्दा बढि संक्रमित भेटिएका छन् ।यसबाहेक राज्यमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण २ सय ५८ जना मानिसको मृत्यु भएको छ ।
महाराष्ट्रमा कोरोना मृत्यु दर १ दशमलव ६८ प्रतिशत भएको छ ।
सुत्रका अनुसार आज मंगलबार साँझ महाराष्ट्रका मुख्य मन्त्री उद्धव ठाकरेले सामाजिक सञ्जालमार्फत सम्बोधन गर्न सक्छन् ।
त्यहि क्रममा भोलि बुधवारदेखि आगामी १५ दिन सम्म अर्थात अप्रिल ३० सम्मका लागि महाराष्ट्रमा लकडाउन लगाउने निर्णय गरिन सक्छ ।
यद्यपि यसका लागि एसओपी तयार गरिएको छ ।यद्यपि, पछिल्लो वर्ष जस्तो लकडाउन हुँदैन ।यातायात सेवाहरु जारी रहने छन् ।निजी कार्यलय बन्द हुनेछन् ।आवश्यक सेवाका संस्थानहरु खुल्ला रहने छन् ।
स्कूल, कलेज, थिएटर, ग्राउन्ड, पार्क जिम आदि बन्द हुनेछन् ।सूत्रका अनुसार रेस्टुराँ, होम डेलिभरीका लागि मात्र खुल्ने छ ।पब्लिक आयोजनामा प्रतिबन्ध लाग्ने छ ।आर्थिक रुपले कमजोरका लागि आर्थिक प्याकेज घोषणा हुने तयारी भैरहेको छ ।