वीरगन्ज । नेपालका लुम्बनी र सुदूरपश्चिम प्रदेशसँग सीमा जाेडिएकाे भारतको उत्तरप्रदेश (युपी) मा कोरोना भाइरसकाे संक्रमण बढेसँगै १७ वैशाखसम्मका लागि विद्यालय बन्द गरिएकाे छ। सक्रिय संक्रमित पाँच सय भन्दा बढी रहेका कयाैं जिल्लामा रात्रिकालीन कर्फ्यू लगाइएकाे छ।
सरकारको सो आदेशपछि अब खुल्ला ठाउँमा १ सय भन्दा बढी मानिसहरु जम्मा हुन नपाइने भएको छ ।
बन्द गरिएका स्थानहरुमा हुने कार्यक्रमहरुमा अधिकतम ५० जना उपस्थित हुन पाइने जनाइएको छ । आइतबार मात्र युपीमा १५ हजार ३५३ नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना महामारी सुरु भएयता याे प्रदेशमा ९ हजार १ सय ५२ जनाको मृत्यु भैसकेको छ भने संक्रमितहरुको संख्या ६ लाख ९२ हजार १५ पुगेको छ ।