बिरगंज । चित्रान्स युवा समितिको आयोजनामा श्री चित्रगुप्त समिति बीरगन्जका अध्यक्ष एवम् नेपाल कायस्थ महासंघका वरिष्ठ उपाध्यक्ष, नेपाल पत्रकार महासघका पुर्व अध्यक्ष महेश दास महामहिम राष्ट्रपति विधादेवी भण्डारीबाट प्रवल जन सेवा श्री ( चतुर्थ ) मानपदवीले विभुषित हुनु भएकोमा श्री चित्रगुप्त समिति, श्री चित्रांश युवा समिति र मिशन २ करोड कायस्थद्वारा श्री चित्रगुप्त मन्दिर बिरगंजमा सन्ध्या आरती सहित महेश दासलाइ फुलमाला, खादा र पाग (टोपी) लगाइ सम्मान एवं शुभकामना गरिएको छ साथै सबैमा पुजा आरतिको प्रसाद बितरण गरियो ।
कार्यक्रम चित्रान्स युवा समितिका संयोजक, मिशन २ करोड चित्रान्स समितीका जिल्ला संयोजक राजन श्रीवास्तवको सभापतित्वमा भएको थियोे भने कार्यक्रममा विशेष उपस्थिति-महेश दास, डा. कमलेश दत्त, पवन कर्ण, राजेश कर्ण, अजित श्रीवास्तव, चन्दन श्रीवास्तव, चितरन्जन श्रीवास्तव, राहुल श्रीवास्तव,सिद्धी, सुमित आनन्द लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम संचालन उपकोषाध्यक्ष बिबेक कर्णले गरे साथै कार्यक्रमको ब्यवस्थापन सचित शितल कर्णले गर्नु भएको कुरा सन्दिप श्रीवास्तवले बताए ।