वीरगन्ज । बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् फिलिपको शुक्रबार बिहान निधन भएको बीबीसीले जानकारी दिएको छ ।
बकिङ्घम राजदरबारले दिएको जानकारीअनुसार ९९ वर्षीय फिलिपको शुक्रबार बिहान विन्डसर क्यासलमा शान्तिपूर्वक आजनिधन भएको बीबीसीले उल्लेख गरेको छ ।
’गहिरो दुःखका साथ महारानीले आफ्ना प्यारो श्रीमान एडिनबर्गका ड्युक प्रिन्स फिलिपको निधन भएको घोषणा गर्नुभएको छ,’ प्यालेसको विज्ञप्तिमा भनिएको छ।
बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुखका साथ महारानीले उनका प्रिय श्रीमान् ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी छन्। महामहिमको शान्तिपूर्वक आज बिहान विन्डसर क्यासलमा निधन भएको छ।’
फिलिप र एलिजवेथबीच सन् १९४७ मा विवाह भएको थियो। पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्।
गत महिना ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज भएका थिए। राजकुमार फिलिप र महारानी एलिजाबेथका चार छोराछोरी, आठ नातिनातिनी छन् र १० जना पनातिपनातिनी छन्।
उनीहरूका छोरा प्रिन्स अफ वेल्स राजकुमार चार्ल्स सन् १९४८ मा जन्मेका थिए। त्यसपछि राजकुमारी एन् सन् १९५० जन्मेकी थिइन्, ड्यूक अफ योर्क राजकुमार एन्ड्रयू सन् १९६० मा जन्मेका थिए र अर्ल अफ वेसेक्स प्रिन्स एडवार्ड सन् १९६४ मा जन्मेका बीबीसीले समाचारमा उल्लेख गरेको छ ।