वीरगंज | स्वास्थ्य मन्त्रालयले कोरोना महामारी रोक्न पठनपठन रोक्नलगायत केही सिफारिस गरेपनि मन्त्रिपरिषद्को पछिल्लो बैठकले यसबारे कुनै निर्णय गरेको छैन।कोरोना महामारी बढिरहेका बेला र कोरोनाको नयाँ भेरियन्ट भेटिरहेको समाचार बाहिर आइरहेका बेला मन्त्रिपरिषद्को पछिल्लो बैठक त्यसबारे मौन बसेको छ।
सरकारका प्रवक्ता पार्वत गुरुङले शुक्रबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा माओवादीले हटाएका सांसदलाई मन्त्रीमा पुन नियुक्ति गरेकोसहित अन्य केही नियुक्तिबारे निर्णय भएको जानकारी दिएका छन्।
विदेशमा बस्ने नेपाली समुदायले सम्बन्धित देशमा दर्ता भए भई माध्यमिक शिक्षासम्म नेपाली पाठ्यक्रममा शिक्षण सिकाई क्रियाकलाप गर्न चाहे शर्त तोकी अनुमति दिन शिक्षा मन्त्रालयलाई अनुमति दिने निर्णय पनि सरकारले गरेको छ।