उपाध्यक्ष महिलामा अप्सरा गौतम विजयी भएकी छन् । उनले ५८८ मत प्राप्त गरेकी छन् । सचिवमा महेश्वर गौतम विजयी भएका छन् । उनले ४३३ मत प्राप्त गरेका छन् ।सहसचिव खुल्लामा अर्जुन डोटेल विजयी भएका छन् । उनले ५८२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन् ।
त्यस्तै निर्वाचित हुने सदस्यहरूमा कमलराज राई, कृष्णप्रसाद गौतम, कृष्णप्रसाद ढुंगेल, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहोरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल रहेका छन् । त्यस्तै निर्वाचित हुनेमा सदस्य (मधेसी) मिनाकुमारी यादव, सदस्य (दलित) शोभा नेपाली, सदस्य (अन्य समावेशी) दिपक काफ्ले, सदस्य (महिला) शोभा अर्याल, सदस्य (आदिवासी जनजाति) सुवासकुमार सुनार रहेका छन् ।बुधबार भएको निर्वाचनमा काठमाडौं शाखामा जम्मा १२३४ मत खसेको थियो ।
कसले कति मत पाए ?