• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नाका खुल्यो तर खुलेन यातायात

  • वीरगंज संजाल
  • १९ चैत्र २०७७, बिहीबार ०६:२९
  • २१०१

    महेन्द्रनगर | कञ्चनपुरको महेन्द्रनगरमा नेपाल–भारतमैत्री बस सेवा एक वर्षदेखि ठप्प भएको छ । कोरोना महामारीका कारण सीमा नाका बन्द भएपछि सीमा नाका खुले पनि बस सञ्चालनमा आउन नसक्दा एक वर्षसम्म नेपाल भारतमैत्री बस सेवा ठप्प भएको हो ।

    बस सञ्चालनमा नआउँदा बस व्यवसायी समस्यामा परेका छन् । प्रत्येक दिन महेन्द्रनगर बसपार्कबाट भारतको राजधानी नयाँ दिल्लीलगायत क्षेत्रका लागि छुट्ने बस अहिले छुट्न पाएका छैनन् । बस छुट्न नपाउँदा ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरेका व्यवसायी संकटमा परेका छन् ।“कोरोना महामारीले गर्दा बस सेवा ठप्प भएको पनि झन्डै एक वर्ष भयो । कोरोना कहरको अवस्था सामान्य भएर नाकासमेत सञ्चालन भएको अवस्था भए पनि नेपाल–भारतमैत्री बस सेवा सञ्चालन आउन सकेको छैन,” महाकाली यातायात बहुउद्देश्यीय कम्पनीका सचिव तथा बस व्यवसायी देवराज जोशीले भने, “बस सञ्चालन गर्न नपाउँदा लाखौं घाटा भइरहेको छ । व्यवसाय सञ्चालन गर्नका लागि ठूलो लगानी गरेको भए पनि लगानी डुब्ने अवस्थामा पुगेको छ ।”

    महेन्द्रनगर बसपार्क क्षेत्रबाट दैनिक रूपमा भारतको राजधानी नयाँ दिल्ली र देहरादून क्षेत्रका लागि प्रत्येक दिन भारतीय र नेपाली गरेर १० वटा बस छुट्ने गर्छन्, जसमा पाँचवटा बस नेपाली नम्बर प्लेटका छुट्ने गरेका छन् भने पाँचवटा भारतीय नम्बर प्लेटका बसहरू भारतीय क्षेत्रका लागि छुट्ने गरेको सचिव जोशीले बताए ।
    महेन्द्रनगरबाट छुट्ने पाँचवटा बसले एक ट्रिपमा ५० हजारका दरले २ लाख ५० हजार कारोबार गर्ने गर्छन् । तर, गत वर्षको चैत ९ गतेबाट नेपाल–भारतमैत्री बस सेवा ठप्प हुँदा बस व्यवसायीको व्यवसाय नै चौपट भएको छ । बस ठप्प हुँदा ठूलो लगानी गरेका बस धनीहरू पनि सडकमा आउनुपर्ने बाध्यात्मक स्थिति आउन थालेको व्यवसायी जोशीले बताए । “बस सञ्चालन नभएपछि बसको मर्मत खर्चलगायत करसँगै बसको बिमा पनि बढ्दै गएको छ,” जोशीले भने ।

    योसँगै बस व्यवसाय सञ्चालन गर्नका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणले पनि बस व्यवसायीलाई धक्का दिएको छ । घर घडेरी हुने व्यवसायीले सस्तोमा नै घरघडेरी बिक्री गरेको भए पनि सम्पत्तिको नाममा बसमात्रै हुने व्यवसायीको अवस्था भने नाजुक रहेको उनको भनाइ छ ।नेपाल–भारतमैत्री बस सेवाका बसहरू महेन्द्रनगर बसपार्कलगायतका क्षेत्रहरूमा गत वर्षको चैत महिनादेखि स्ट्यान्ड गरिएका छन् । लामो समयसम्म पनि ठप्प भएका बस सञ्चालनमा नआउँदा बसका विभिन्न भागमा खिया लागेको छ भने टायर सडेगलेको अवस्था रहेको बस व्यवसायीको गुनासो छ ।

    महेन्द्रनगरबाट भारतका लागि छुट्ने बस सेवा कम्पनीमध्ये महाकाली यातायात बहुउद्देश्यीय कम्पनी र पवनदूत बस व्यवसायी कम्पनीले मात्रै नेपाल–भारतमैत्री बस सेवा सञ्चालन गरेका छन् । अधिकांश भारतीय यात्रुले बसमा ओहोरदोहोर गर्ने गरेका थिए भने नेपाली नागरिकहरूले पनि सेवा लिँदै आएका थिए ।“कोरोना महामारीको समयमा बन्द भएको सीमा नाका आंशिक रूपमा केही खुलेको अवस्था छ । भारतीय नागरिकले नेपाल र नेपाली नागरिकले भारत जाने वातावरण एकदमै सहज भएको छ,” अर्का व्यवसायी तथा पवनदूत बस व्यवसायी कम्पनीका उपाध्यक्ष महेशप्रसाद बोहराले भने, “नागरिकलाई आवतजावत गर्न दिएको भए पनि बसलाई आवतजावत गर्न सहज भएको छैन । भारततर्फ सहज वातावरण भए पनि नेपालतर्फ बन्द रहेको नेपाल–भारतमैत्री बस सेवा सञ्चालन गर्न सहजता प्रदान गरेको छैन ।”

    बस सेवा सञ्चालन गर्न नेपाली पक्षले सहज वातावरण नबनाउँदा नेपाली नागरिकले भारतीय सहर बनबासा गएर दिल्ली जानुपर्ने उपाध्यक्ष तथा बस व्यवसायी बोहराले बताए । नेपाल–भारतमैत्री बस सेवा सञ्चालन नहुँदा भारतीय सहर नयाँ दिल्ली र देहरादून क्षेत्रबाट नेपाल आउने नेपाली नागरिकलाई पनि समस्या भएको छ । भारतीय सहरबाट नेपालका विभिन्न जिल्लाका लागि महेन्द्रनगर भएर आउने नेपाली यात्रुको सङ्ख्या पनि पछिल्लो समयमा नाका सहजता नगर्दा घट्दै गएको बोहराको भनाइ छ ।

    नेपाल सरकारले कोरोना प्रभावित क्षेत्रलाई विभिन्न सेवा–सुविधा दिने भए पनि केही नपाएको गुनासो व्यवसायीको छ । राहतको नाममा सवारी सञ्चालन गर्न पाए पनि निकै राहत मिल्ने व्यवसायी बोहराको बुझाइ छ ।
    यस्तै यता उद्योग वाणिज्य संघले भने नाका सञ्चालन गराउनका लागि पहल गरेको भए पनि पूर्ण रूपमा नाका सञ्चालन गराउन समस्या रहेको जनाएको छ । संघका महासचिव विनोद जोशीले कोरोना महामारीले गर्दा उथलपुथल भएको विश्व अर्थतन्त्र कोरोना खोप आएपछि सामान्य बन्दै गएको अवस्थामा भारतसँग जोडिएको नाका पूर्ण रूपमा सञ्चालन गर्नका लागि प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग वाणिज्य संघले पहलकदमी गरिररहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑