पहिलो टेस्टमा भारतको जित, दक्षिण अफ्रिकाविरुद्ध तीन टेस्टको श्रृंखलामा १-० को अग्रता
वीरगंज संजाल
१९ आश्विन २०७६, आईतवार १५:४४
२१९९
काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियससिपअन्तर्गत भारत र दक्षिण अफ्रिकाबीचको टेस्ट श्रृंखलाको पहिलो खेलमा भारतले जित निकालेको छ । अन्तिम दिन भारतीय बलर चम्किएपछि भारतले २ सय ३ रनको जित आत्मसात गरेको हो ।भारतमा जारी तीन म्याचको श्रृंखलामा भारतीय टालीले शानदान जित हासिल गरेको हो । पाचौं दिनको पहिलो सेसनमै दबाबमा परेपछि दक्षिण अफ्रिकाले दास्रो इनिङमा खराब प्रदर्शन गरेको हो ।
दिनको पहिलो सेसनमा लगातार विकेट गुमाएपछि तीन सय ९५ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकालाई जितका लागि निकै संघर्ष गर्नुपर्यो । चौथो दिन एक विकेट गुमाएको दक्षिण अफ्रिकाले दास्रो इनिङमा ६३.५ ओभार खेलेर कूल १ सय ९१ रनमात्र बनाउन सक्यो ।यसअघि चौथो दिन एक ओभर ब्याटिङ गर्न पाएको पाहुना टोलीले एक विकेट गुमाएर ११ रन जोडेको थियो । चोथो दिन एलगरलाई दुई रनमै गुमाएको दक्षिण अफ्रिकाले पाचौं दिन लगातार विकेत गुमाइरह्यो । अल आउट हुनुअघि पाहुना टोलीका लागि दशौं नम्बरमा ब्याटिङ गर्न आएका डेन पिटले सर्वाधिक ५६ रन जोडे । दक्षिण अफ्रिकाका लागि सेनुरन मुथुस्वामीले ४६ तथा ओपनर एडेन मक्रमले ३९ रनको योगदान दिए ।
भारतका लागि मोहम्मद शामीले सर्वाधिक ५ तथा रवीन्द्र जडेजाले ४ र रविचन्द्र अश्विनले १ विकेट लिए । यसअघि चौथो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिका विरुद्ध भारतले सुदृढ प्रदर्शन गरेको थियो । भारतले दोस्रो इनिङमा ४ विकेटको क्षतिमा ३२३ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो ।दक्षिण अफ्रिकाले चौथो दिनको पहिलो सत्रमा सबै विकेट गुमाएर ४३१ रन मात्र बनाएको थियो । यद्पि भारतले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ५०२ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो ।चौथो दिन भारतका लागि दोस्रो इनिङमा ओपनर रोहित शर्माले १२७ रन बनाएका थिए । शर्माको यही म्याचमा दास्रो शतक हा । उनले पहिलो इनिङमा पनि व्यक्तिगत १७६ रन बनाएका थिए ।
पहिलो इनिङ : भारतः ५०२–७(डी), अग्रवाल २१५, शर्मा १७६, केशव महाराज ३-१८९ दक्षिण अफ्रिकाः ४३१, एलगर १६०, डि कोक १११, अश्विन ७-१४५
दास्रो इनिङ : भारतः ३२३-४(डी), शर्मा १२७, पुजारा ८१, केशव महाराज २-१२९ दक्षिण अफ्रिका : पीट ५६, मुथुस्वामी ४९*, सामी ५-३५