वीरगंज। इन्डोनेशियाको जाभा प्रान्तमा रहेको तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको छ।सरकारी स्वामित्वमा रहेको पेर्तामिना तेल उद्योगले सञ्चालन गरेको बालोन्गान प्रशोधन केन्द्रमा आगलागी भएको हो ।
स्थानीय समय अनुसार सोमबार बिहान पौने १ बजेदेखि सुरु भएको आगो अहिले पनि निभ्न सकेको छैन । अग्निनियन्त्रकहरु आगो निभाउन प्रयासरत छन् ।
कम्तीमा पाँचजना घाइते भएका छन् भने झण्डै ९५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । केही मानिस बेपत्ता रहेको स्थानीय
अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।आगलागीको कारण खुलेको छैन ।