• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वार्षिक प्रतिवेदन संसदमा छलफल हुने व्यवस्था मिलाउन आयोगको सुझाव

  • वीरगंज संजाल
  • १४ चैत्र २०७७, शनिबार २२:५५
  • ३४८५

    वीरगञ्ज ।राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारलाई सुुझाव दिएको छ।

    ०७६।७७ को वार्षिक प्रतिवेदन सरकारलाई बुुझाउँदै आयोगले सूचनाको हक कार्यान्वयनको समन्वय गर्न केन्द्रमा प्रधानमन्त्री वा वरिष्ठमन्त्रीको संयोजकत्वमा समन्वय समिति बनाउन पनि सुुझाव दिएको छ।

    यस्तै, प्रदेश र स्थानीय तहका सार्वजनिक निकायको हकमा प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा समन्वय समिति गठन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न–गराउन उपयुक्त हुने आयोगको सुुझाव छ।

    सूचना अधिकारीलाई सक्षम, सबल र अधिकारसम्पन्न तथा प्रोत्साहित बनाउन नियमित प्रशिक्षण दिने व्यवस्था तथा स्रोत साधनले युक्त बनाउने र सूचना मागकर्ताले सजिलै सम्पर्क गर्ने सहजताका लागि सूचना अधिकारीलाई स्थायी प्रकारको मोबाइल सेट, सीम कार्ड, तथा इन्टरनेट सुविधा उपलब्ध गराउन पनि सुुझाव दिएको छ।

    आयोगले प्रत्येक सार्वजनिक निकायले सूचना अधिकारी तोक्दा प्रमुखभन्दा एक तहमुनिको पदाधिकारीलाई तोक्ने व्यवस्था गर्न, सिंहदरबार परिसरभित्र अवस्थित मन्त्रालय तथा कार्यालयको हकमा सूचना माग गर्न सहजताका लागि सिंहदरबार प्रवेशद्वारमा सूचनाको हकसम्बन्धी डेस्क राख्न पनि सुुझाएको छ।

    नेपालको संविधानले नेपाली भाषाका साथै राष्ट्रभाषालाई पनि मान्यता दिन सकिने व्यवस्था गरेको हुँदा सार्वजनिक निकायले नेपाली भाषाका साथै स्थानीय राष्ट्र भाषामा पनि सूचना प्रवाह, प्रकाशन वा प्रसारण गर्ने व्यवस्था मिलाउन र सूचनाको हकको कार्यान्वयनको पाटोलाई सार्वजनिक निकायको उच्च पदमा पुग्ने मूल्यांकनको आधार बनाउन पनि सरकारलाई सुुझाव दिएको छ।

    आयोगले वार्षिक प्रतिवेदनमाथि व्यवस्थापिका–संसद् वा सम्बन्धित संसदीय समिति, प्रदेशसभा वा विषयगत समिति र स्थानीय तह वा विषयगत समितिमा छलफल हुने व्यवस्था गर्न पनि सुुझाएको छ।

    आयोगले आफ्नो वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गर्ने व्यवस्था रहे पनि प्रतिवेदनमाथि व्यवस्थापिका संसद् वा संसदीय समितिमा छलफल हुने गरेको छैन।

    सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २५ को उपदफा १ ले आयोगको वार्षिक प्रतिवेदन संसद्मा पेस गर्नुपर्ने व्यवस्था गरेको छ।

    आयोगले ०७६÷७७ मा आफूले गरेका कामकारबाहीको वार्षिक प्रतिवेदन शुक्रबार प्रधानमन्त्री केपी ओलीसमक्ष हस्तान्तरण गरेको थियो।

    ५२ प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित
    आयोगले गत आवमा सार्वजनिक निकायबाट सूचना प्राप्त नभएको भनी परेका एक हजार १३ वटा पुनरावेदनका उजुरी शतप्रतिशत फस्र्याेट गरेको छ।

    पुनरावेदन उजुरीमध्ये सबैभन्दा बढी ५२.४ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको आयोग प्रवक्ता कमला ओली थापाले जानकारी दिइन्। शिक्षा, स्वास्थ्य तथा खेलकुदसँग सम्बन्धित ९.३, आर्थिक क्षेत्रसँग सम्बन्धित ५.५ तथा कानुन, न्याय र प्रशासनसँग सम्बन्धित उजुरी ५।५ प्रतिशत रहेको थियो।

    गत आवमा आयोगले झापा, मोरङ, कैलाली, कञ्चनपुर, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जालगायत जिल्लाका सार्वजनिक निकायमा सूचनाको हकसम्बन्धी अनुगमन र मूल्यांकन गरेको थियो।

    सो अवधिमा आयोगले कुनै पनि नागरिक सूचनाको हकबाट वञ्चित हुनु नपरोस् भनेर सार्वजनिक चासो र सरोकारका विषयमा आदेशसमेत जारी गरेको थियो।

    आयोगले सूचना दिन अटेर गर्ने दिल्ली पब्लिक स्कुल, लिपनीमाल–८, बारा, इशनाथ नगरपालिका कार्यालय, रौटहट र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था ललितपुरका कार्यालय प्रमुख र सूचना अधिकारीलाई दण्डित गरेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑