जनकपुरधाम | सर्लाहीमा टाउको काटेर हत्या गरेको आरोपमा दुुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका वडा नं. ९ का ४५ वर्षीय कमल पण्डित उर्फ विमलकान्त पाठक र ४० वर्षीय भारतीय नागरिक अशोक झा रहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
बुधवार रातीदेखि बेपत्ता भएका मलंगवा नगरपालिका वडा नं. १० का ३० वर्षीय सुशील रायको टाउको काटेको अवस्थामा बिहीबार वडा नं. ९ स्थित खेतमा शव फेला परेको थियो।
दुवैजनालाई बिहीबार साँझ नै पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।मृतक र आरोपित तीनै जना लागू औषध सेवनकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।