बीरगंज । सशस्त्र प्रहरी बल अमरपट्टीले रात्रि चेकजाँचमा तिब्रता दिएको छ। सशस्त्र प्रहरीका निरीक्षक निरन्जन कार्कीले सीमानाकामा भइरहेको अवैध गतिविधि ,चोरी, तस्करी बढी रातिको नै मोका छोपी भइरहेकोले भारतको सीमा सुरक्षा बल एसएसबीसंग समन्वय गरी राति भरीनै चेकजाँच गरिने कार्यमा तीव्रता बढाएका छन्। साथै भारत छिमेकी मुलुक भएको नाताले भारतमा कोरोना संक्रमणको दर वृद्धि भएसंगै नेपालमा पनि असर देखिन थालेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या बढेपछि रोजगारीका लागि छिमेकी मुलुक पुगेका नेपाली फर्किन थालेका छन् । यसले संक्रमण नेपालमा पनि फेरी भित्रिने हो कि भन्ने आशंका गरिएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मिति २०७७-०५-३१ गते बसेको बैठकमा भएका निर्देशक अनुसार अहिले भारतको अवस्थालाई हेर्दै सीमामा कडाइ,चेक जाँच गर्न, डाटा संकलन गर्न कार्य भइरहेको छ । नेपालमा पनि भारतमा जस्तै कोरोनाको दोस्रो लहर फैलिने हो कि भन्ने जोखिमबीच घर फर्किने नेपालीको नाकामा परीक्षण गर्ने कार्य भइरहेको छ। कार्कीका अनुसार उनको एरियामा भारतसंग जोडिएको सिमाना झौवा र अमरपट्टी नाकामा चेक जाँचमा निगरानी बढाइएको छ ।