वीरगञ्ज | वीरगञ्ज महानगरपालिका–१४ राधेमाईका १५ वर्षीय किशोर लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।
उनलाई वीरगञ्जकै मुख्य सडक पावरहाउस चोकबाट शुक्रबार नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा ती किशोर प्रयोगकर्ताजस्तो नदेखिए पनि ओसारपसारमा संलग्न भएको पाइएको खनालले बताए। अभियुक्तलाई थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट म्याद थप गरिएको छ।