• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाललाई तर्साउने भारतको अवस्था,राजस्थानका विभिन्न ठूला आठ सहरमा रात्रि कर्फ्यू घोषणा

  • वीरगंज संजाल
  • ९ चैत्र २०७७, सोमबार ०७:१५
  • ५६०१

    भारत | भारतका कयौँ राज्यमा कोरोनाको नयाँ केस तीव्र गतिमा बढ्न थालेको छ। भारतका राजस्थान र महाराष्ट्रसहितका राज्यमा कोरोनाको दोस्रो लहरले संकट ल्याएको हो। राजस्थानमा कोरोनाले नयाँ संकट ल्याएपछि त्यहाँका मुख्यमन्त्री अशोक गहलोतले राज्यका विभिन्न ठूला आठ सहरमा रात्रि कर्फ्यू नै घोषणा गरेका छन्। त्यहाँका सबै क्षेत्रमा २२ मार्चदेखि राति १० बजेपछि बजार बन्द हुनेछन्।

    भारतमा कोरोनाको ‘आर-फ्याक्टर’ पनि तीव्र गतिमा बढिरहेको छ। ‘आर-फ्याक्टर’ अर्थात भाइरसको रिप्रोडक्शन, जसका कारण कुनै संक्रमित व्यक्तिले अन्य थप बिरामीमा संक्रमण फैल्याउन सक्छन्।

    जानकारी अनुसार फेरि कोरोनाको डर फैलाइरहेको ‘आर-फ्याक्टर’ सबैभन्दा धेरै महाराष्ट्र-पञ्जावमा बढिरहेको छ। यहाँ एक संक्रमितबाट अन्य पाँचजना मानिसमा संक्रमण फैलिएको आशंका छ। जबकि गुजरात र मध्य प्रदेशमा यो आँकडा तीन छ।

    विशेषज्ञका अनुसार फेब्रुअरी पहिलो सातासम्म कोरोना संक्रमण नियन्त्रणमा देखिएको थियो। जम्मा बिरामीमा केबल ३.३२ प्रतिशत सक्रिय संक्रमित थिए। तर अब सक्रिय संक्रमित बढेर २.५० प्रतिशत पुगेको छ।

    भारतीय चिकित्सा शोध परिषद (आईसीएमआर) को कोरोना टास्क फोर्सका अपरेशन एवम् रिसर्च ग्रुपका चेयरम्यान प्राध्यापक नरेन्द्र अरोडाका अनुसार महाराष्ट्र, पञ्जा  केरलामा कोरोनाको ‘आर फ्याक्टर’पाँ नजिक पुगेको छ।

    यस्तो स्थितिमा संक्रमण एकबाट पाँचमा, पाँचबाट १२५ मानिसमा फैलिन सक्छ। अरोडाका अनुसार जनवरी अन्तिम र फरवरी पहिलो साता सबैभन्दा धेरै प्रभावित राज्यमा पनि ‘आर-फ्याक्टर’ एकदेखि डेढको बीचमा थियो। तर अब यसमा तीन गुणा बढोत्तरी भएको छ। यसको कारण कोरोनासँग जोगिन सरकारले बनाएको नियमको न्यूनतम् पालना अभाव हो।

    हरेक १२ दिनमा दुई गुणा 

    भारतमा फेरि एक पटक कोरोनाको मामिला एकाएक बढ्न थालेको छ। यसले भारतसहित छिमेकी नेपालमा पनि संकट बढाएको छ। भारतमा लाखौँको संख्यामा नेपाली छन्। भारतमा कोरोनाको अर्को लहर देखिन थालेपछि नेपालीहरु धमाधम घर फिरिरहेका छन्।

    भारतमा आगामी दिनमा एकाएक संक्रमित बढ्न थालेपछि आगामी दिन अझै खतरनाक हुने देखिएको छ। शनिवार मात्रै भारतमा ४३ हजार ८१५ नयाँ संक्रमित थपिएका छन्। यो भनेको ११५ दिनमा पहिलो पटक सर्वाधिक नयाँ मामिला भेटिएको दिन हो।

    यसअघि शुक्रबार ४० हजार ९०६ संक्रमित भेटिएका थिए। कोरोनाको नयाँ केसको आकलन गर्दा भारतमा हरेक १२ दिनमा दुई गुणाको दरले संक्रमित थपिँदैछन्। जबकि फेब्रुअरी पहिलो साता ६३ दिनमा दुई गुणा भइरहेका थिए। भारतमा कोरोनाबाट सबैभन्दा गम्भीर स्थिति पछिल्लो साल १६ डिसेम्बरमा भएको थियो। त्यसबेला पनि ८७ दिनमा नयाँ संक्रमित दोब्बर हुने गरेका थिए।

    राजधानी दिल्लीमा एक पटक फेरि कोरोना नियन्त्रणबाहिर जाँदैछ। शनिवार दिल्लीमा करिब ३ महिनापछि ८ सय भन्दा धेरै केस भेटिए। अर्कातिर संक्रमण दर पनि १ प्रतिशत माथि पुगेको छ। दिल्लीको स्वास्थ्य विभागका अनुसार शनिवार त्यहाँ ८१३ नयाँ मामिला भेटिए।

    महाराष्ट्रमा कोरोनाले फेरि भयंकर रुप लिन थालेको छ। त्यहाँ कोरोनाको दोस्रो लहर देखिएको हो। पछिल्लो २४ घण्टामा त्यहाँ ३० हजार ५३५ नयाँ संक्रमित भेटिएका छन्। देशभरिमा १९७ जनाको ज्यान जाँदा महाराष्ट्रमा मात्रै कोरोनाबाट ९९ जनाले एकै दिनमा ज्यान गुमाएका छन्।

    मुम्बईमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७७५ नयाँ संक्रमित भेटिएका छन्। मुम्बई नागपुरमा कोरोनाको कारण कडा लकडाउन हानिएको छ। धारावीमा एकाएक कोरोनाका नयाँ केस बढेका छन्। मार्चमा अहिलेसम्म २७२ केस मिलेका छन्। राज्यमा कोरोना बढेपछि नागपुरमा ३१ मार्चसम्म कडा लकडाउन हानिएको छ।

    मध्य प्रदेशको राजधानीसहित तीन शहरमा ३२ घण्टा लामो लकडाउन हानिएको छ। प्रदेशमा कोरोनाका केस तीव्र गतिमा बढिरहेका छन्। सबैभन्दा ज्यादा चिन्ताजनक स्थिति भोपाल, इन्दौर र जबलपुरमा भएको छ। त्यहाँका तीन सहरमा शनिबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म ३२ घण्टा लामो लकडाउन हानिएको छ।

    कर्नाटकका स्वास्थ्य मन्त्रीले राज्यमा कोरोनाको दोस्रो लहर सुरु भएको घोषणा गरेका छन्। कर्नाटकमा पछिल्लो २४ घण्टामा १ हजार ७१५ नयाँ संक्रमित भेटिएका छन्। त्यहाँ मात्रै अहिलेसम्म ९ लाख ७० हजार संक्रमित पुग्दा १२ हजार ४३४ जनाले ज्यान गुमाएका छन्।

    नेपालसँग सीमाना जोडिएको उत्तर प्रदेश राज्यमा पनि कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। त्यहाँ आइतवार ४९६ केस मिलेका छन्। जनवरी १६ पछि त्यहाँ बिरामीको संख्या सबैभन्दा धेरै हो। जम्मा संक्रमितमा लखनउमा मात्रै ११५ नयाँ केस भेटिए।

    गुजरातमा पनि कोरोना फैलिने दर तीव्र भएको छ। त्यहाँ सब्जी व्यापारी, मेडिकल स्टोर संचालक, किराना दोकान संचालक, रिक्सा चालक, सैलुन चलाउने, मिस्त्री आदिमा कोरोना संक्रमण तीव्र भएको छ।

    पञ्जावमा दैनिक २०० भन्दा माथिको दरले संक्रमित बढेका छन्। त्यहाँ मृत्युदर सबैभन्दा धेरै ३ प्रतिशत छ। पञ्जावमा पछिल्लो ५ दिनमा नयाँ संक्रमितको आँकडामा वृद्धि भएको छ। केही दिनयता दैनिक २०० का दरले संक्रमित थपिएका छन्। पछिल्लो ५ दिनमा त्यहाँ दैनिक औसत ३५ बिरामी मरेका छन्। शनिबार मात्रै ३६ जनाले ज्यान गुमाए। पञ्जाबमा ६ दिनमा २११ जना बिरामीको मृत्यु भएको छ।

    भ्याक्सिन

    यसैबीच भारतमा अहिलेसम्म ४ करोड ४६ लाख ३ हजार ८४१ मानिसलाई कोरोना भ्याक्सिन दिइएको छ। भ्याक्सिन अभियानको आज ६४ औँ दिन हो। २० मार्चमा मात्रै भारतले २० लाख मानिसलाई खोप दिएको छ।

    नेपाल के भन्छ ?

    भारतमा कोरोना संक्रमण बढेसँगै पहिलो लहरको समयमा जस्तै धमाधम नेपालीहरु फर्किन थालेका छन्। खुला सीमाना रहेको क्षेत्रबाट नेपाली मजदुरहरु धमाधम घर फर्किन थालेका छन्।

    कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले भेला, बैठक, गोष्ठी नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणको रोकथामका लागि कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको हो।

    ‘केही हप्तादेखि विश्वका विभिन्न मुलुक र छिमेकी देश भारतमा समेत संक्रमण तीब्र गतिमा बढिरहेको छ’, उनले भने, ‘नेपालमा पनि संक्रमणको जोखिम बढेकोले जोगिने अवस्था आइसकेको छ।’

    गौतमले संक्रमणको जोखिमलाई मध्यनजर गदै देशभर सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक नगर्न भनेका छन्। भीडभाड हुने व्यवसाय र कार्यहरू नगर्न पनि आग्रह गरिएको छ।

    सामाजिक तथा भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोगलाई अनिवार्य गर्न पनि विज्ञप्तिमा भनिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑