वीरगंज । देशकै आर्थिक नगरी पर्साको बिरगंजमा जेंवना भोजपुरीया सनेसा बिरगंज ,पर्साको आयोजनामा होली तथा विश्व कविता कविता दिवसको अवसरमा होटेल कुमु पैलेसमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको हाे । संस्थाका वरिष्ठ सल्लाहकार एवम् हास्यव्यांगत्म कवि अशोक कुशवाहाको अध्यक्ष्तामा भएको कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी रहनु भएको थियो ।
विशिष्ट अतिथिहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवम् वरिष्ठ साहित्यकार उमाशँकर द्विवेदी “दधिचि”,वीरगंज महानगरपालीका शिक्षा शाखाका अरबिन्दलाल कर्ण नेपाल भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार रामप्रसाद साह ,बाराका वरिष्ठ साहित्यकार बिक्रम साह ,अतिथि श्याम पटेल ,तबरेज अहमद ,ओमप्रकाश सरार्फ र प्रभु यादव,मानव सेवा आश्रम प्रदेश दुईका देवेश गुप्ता, भोलेन्टियर समुह वीरगंजका राजन श्रीवास्तव लगायतका रहनु भएको थियो ।
१०० जना भन्दा बढीको सहभागितामा कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष श्याम सरार्फले बताउनुभयो । वीरगंज महानगरपालिकाका मेयर एवम् प्रमुख अतिथि रहनुभएका विजय सरावगीले भोजपुरी भाषाको लागि बिरगंज महानगरपालिका सधैं तत्पर रहने बताउनु भएको हाे ।
बिरगंजमा भोजपुरी साहित्य प्रतिष्ठानको गठन भईसकेको र यसको घर बनाउन डिपी आर समेत तयार भईसकेको बताउनु भएको छ । प्रदेश नम्बर -२ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेको र अब महानगरपालिका र प्रदेश सरकारको बजेटले वीरगंज भोजपुरी प्रतिष्ठानको भवन निर्माण गर्ने काम तिव्ररुपमा अगाडि बढाईने मेयर विजय सरावगीले बताउनुभयो ।
अबको शैक्षिक सत्र सुरु हनुभन्दा अगाडि कक्षा १ देखि ५ सम्म भोजपुरी किताब समेत लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । वीरगंज महानगरपालिकामा रहेका सम्पूर्ण मातृभाषाको संरक्षणको निम्ति अाफू कटिबद्ध रहेको मेयर सरावगीले बताउनुभयो ।
आफ्नो मातृभाषा भोजपुरी नभएपनि अहिले राम्ररी भोजपुरी बोली रहेको छु ,मलाई हिन्दी ,मारवाडी ,नेपाली ,अंग्रेजी ,अवधि र मैथिली भाषा समेत बोल्न कुनै कठिनाइ नहुने गरेको मेयर विजय सरावगीले बताउनुभयो ।
सबैको संरक्षण नीति , नियम बनाएर गर्नुपर्नेमा जोड दिदै यसमा सबैकाे सहभागिता हुन जरुरी रहेको बताउनु भएको छ । वरिष्ठ साहित्यकार उमाशँकर द्विवेदी दधिचीले भोजपुरी भाषाको संरक्षणको निम्ति सबै लाग्नुपर्ने बताउनु भएको छ । ४० जनाभन्दा बढी स्रष्टाहरुले अाफ्ना लेख ,रचना ,कविता प्रस्तुत गरेका थिए । भोजपुरी विश्वकै अधिकाँश देशमा बोलिने भएकाले यसको संरक्षणका निम्ति सबै लाग्नुपर्ने बेला भएको उपस्थित भएका साहित्यकार हरुले बताएका थिए ।
जेंवना भोजपुरीया सनेसाका संरक्षक एवम् यूवा कवि राकेश यादव “मितवा”ले गाउनु भएको भोजपुरी गीत सब केहु के सुन्दर पतोहिया चाहिँ ,बेटी केहु के परहेज होए नाहि ” गीतले सभा हल गुञ्जमान भएका थिए । त्यस्तै कवियत्री अनिता शाहले गाउनु भएको गजलले सबैलाई मनमुग्ध बनाएका थिए ।
श्याम प्रसाद गुप्ता ,सिपु तिवारी ,ज्ञानेन्द्र यादव ,महम्मद अंसारी ,शिल्पी मिश्रा ,ममता यादव ,सरिता यादव लगायतले आ -आफ्ना रचना वाचन गरेका थिए भने प्राविधिक सहयोग कमलेश कुश्वाहा र किशन सरार्फले गरेका थिए , कार्यक्रम सञ्चालन सञ्चालिका प्रिया मिश्राले गरेकि थिईन ।