जापान । जापानमा शनिबार ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।यो भूकम्पले सुनामीको खतरा बढेको जापानी अधिकारीहरुले जानकारी दिएका छन्।
मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुनामी आउनसक्ने जापानी मेटेरोलोजिकल एजेन्सीले जनाएको छ।
हालसम्म यस भूकम्पको हताहती र क्षतिको बारेमा केही जानकारी आएको छैन। स्थानीय समयअनुसार साँझ ६ बजेर ९ बजे ठूलो भूकम्पको झट्का महसुस भएको थियो।
अहिले सो क्षेत्रको २ सय घरपरिवार विद्युतविहीन भएका छन्। मियागी प्रान्तो सेन्दाई शहरमा ठूलो भूकम्पको झट्का महसुस भएको त्यहाँका स्थानीयले बताएका छन्।
राजधानी टोक्योमा समेत भूकम्पको झट्का अनुभव गरिएको थियो। अहिले सो क्षेत्रका रेल सेवाहरु बन्द गरिएको छ।घटनाको थप विवरण आउन बाँकी छ। टाइम्स अफ इन्डिया