११ लाख बराबरको चोरी पैठारीको लताकपडा, कस्मेटिक सामान तथा चौपाया बरामद
वीरगंज संजाल
६ चैत्र २०७७, शुक्रबार १५:३९
५११७
बारा । जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत इलाका प्रहरी कार्यालय सिम्रौनगढ, कोल्हवी र प्रसौनी बाराबाट विभिन्न मिति, समय र स्थानमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको मुल्य रू.१०,७३,७२०।-बराबरको विभिन्न
किसिमका लाताकपडा, कस्मेटिक सामानहरू तथा ३ वटा चौपाया (भैसी २ वटा र पाडी १ वटा) बेवारीसे अवस्थामा फेला परेको हुँदा उक्त मालसामान तथा चौपाया बरामद गरी
आवश्यक कारवाहीको लागि मुल भंसार कार्यालय बीरगंजमा बुझाइएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।