• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरिया जान ५१० नेपाली युवासँग श्रम सम्झौता

  • वीरगंज संजाल
  • ४ चैत्र २०७७, बुधबार ०६:१८
  • ४१२५

    वीरगन्ज । एक हप्तामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि कोरिया जाने रोस्टर सूचीमा रहेका ५ सय १० युवाको श्रम सम्झौता भएको छ ।कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले फागुन २४ देखि चैत ३ गतेसम्म रोजगारदाताका लागि मागपत्र जारी गर्न अनुमति दिएपछि एक हप्तामा श्रम सम्झौता भएको हो । मंगलबारसम्म कोरियाका रोजगारदाताले ७ सयभन्दा बढी मागपत्र जारी गर्दा मंगलबारसम्म ५ सय १० नेपालीको श्रम सम्झौताका लागि पत्र आएको वैदेशिक रोजगार विभाग ईपीएस शाखाले जनाएको छ । यसमध्ये मंगलबारसम्म उत्पादनमूलक क्षेत्रमा २ सय ६४ र कृषि तथा पशुपालन क्षेत्रमा २ सय ४६ नेपालीको श्रम सम्झौतापत्र आइसकेको विभागका एक अधिकारीले जानकारी दिए ।

    कोरिया सरकारले आफ्ना रोजगारदातालाई विदेशी श्रमिक माग गर्न त्रैमासिक रूपमा अनुमति दिने गरेको छ । यो श्रम सम्झौता दोस्रो त्रैमासिकमा नेपाली श्रमिकको माग प्रक्रियाअन्तर्गत आएको हो । एचआरडी कोरियाले फागुन २४ देखि २६ गतेसम्म कृषि क्षेत्रमा काम गर्न कोरिया जाने श्रमिकको मागपत्र जारी गर्न त्यहाँका रोजगारदातालाई अनुमति दिएको थियो । यसैगरी फागुन २७ देखि चैत ३ गतेसम्म उत्पादनमूलक क्षेत्रमा काम गर्ने विदेशी श्रमिकका लागि मागपत्र जारी गर्ने अनुमति दिएको थियो । शाखाका एक अधिकारीले भने यो पटक ७ सयदेखि ८ सयको माग आउने सम्भावना छ ।

    एक वर्षदेखि भिसा लागेका र रोजगारदातासँग श्रम सम्झौता गरेका लगभग ६ हजार नेपाली कोरिया प्रवेश गर्न भने पाएका छैनन् । कोरियामा कोभिड संकट लम्बिँदै गएपछि नेपालीसहित १६ देशका विदेशी श्रमिकको प्रवेशलाई अस्थायी रूपमा रोक लगाउँदै आएको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको एचआरडी र कानुन मन्त्रालयको अध्यागमन विभागले विदेशी श्रमिकको प्रवेशलाई सहजीकरण गरिरहेको भए पनि त्यहाँको रोग नियन्त्रण तथा रोकथाम कार्यालयले विदेशी श्रमिकको प्रवेश अनुमति दिएको छैन । कोभिड संकटका कारण हाल भिसा लागेर बसेका र श्रम सम्झौता गरेर भिसाका लागि बसेको संख्या ५ हजारभन्दा बढी छ । कोरिया सरकारले भिसा प्रक्रिया, माग र श्रम सम्झौताका सबै प्रक्रिया सुचारु गरे पनि प्रवेशमा रोक लगाउँदा ५ हजारभन्दा बढी नेपाली युवा अलमलमा परेका छन् । कोरियाले सन् २०२१ मा उत्पादन, कृषि, निर्माण र सेवा क्षेत्रमा ४० हजारभन्दा बढी विदेशी लिने जनाए पनि जाने प्रक्रिया भने हुन सकेको छैन ।

    एचआरडी कोरियाले फेब्रुअरीमा ६ हजार २ सय ५०, अप्रिलमा ६ हजार २ सय ५०, जुनमा १२ हजार २ सय ५०, सेप्टेम्बरमा १२ हजार २ सय ५० विदेशी कामदारका लागि भिसा जारी गर्ने तयारी गरेको थियो । यसमध्ये उत्पादनमूलक क्षेत्रमा २७ हजार ४ सय, कृषि क्षेत्रमा ५ हजार ९०, मत्स्य व्यवसाय क्षेत्रमा २ हजार ६ सय ५०, निर्माण क्षेत्रमा १ हजार ७ सय ८० र सेवा क्षेत्रमा ८० विदेशीको रोजगारी भिसा दिने भएको छ ।
    कोरियाको संक्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाइरहेको जनाए पनि नेपाल उच्च जोखिममा नै राखिएको छ । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा कोरियाको श्रम मन्त्रालयअन्तर्गतको एचआरडी र भिसा प्रक्रियाका लागि कानुन मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले विदेशी श्रमिकको प्रवेशलाई विकल्प दिएर खुला गर्ने बारेमा छलफल गरिरहेका छन । यी निकायले विदेश श्रमिक ल्याउँदा हुने जोखिम र अवसरका सम्बन्धमा रोग नियन्त्रण तथा रोकथाम एजेन्सीसँग छलफल गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑