वीरगंज | सेनाले कू गरी सत्ता हातमा लिएपछि सुरु भएको आन्दोलन निरन्तर जारी छ |प्रदर्शनका क्रममा सेनाको दमनमा परी आइतबार एकै दिन कम्तिमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ।आइतबारको प्रदर्शनमा मुख्य शहर यङ्गुनमा कम्तीमा २१ जनाको मृत्यु भएको र बाँकी देशका अन्य भागमा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सुरक्षा बलले यङ्गुनको हलिङ, थारयार क्षेत्रमा प्रदर्शनकारीमाथि गोली चलाएको थियो। प्रदर्शनकारी पनि लाठी र चक्कुका साथ प्रदर्शनमा उत्रिएका थिए।