लखनऊ । अयोध्याका एक महन्त नृत्यगोपालदासका एक शिष्यको शंकास्पद मृत्यु भएको पाइएको छ । शनिबार आश्रममा उनको शव फेला परेको हो ।
उनको घाँटीमा धारिलो हतियारले प्रहार गरेको जनाइएको छ । प्रहरीले भने उनको आत्महत्या भएको बताएको छ । तर, अर्का एक सन्त भने उनको हत्या भएको आशंका गरेका छन् ।
प्रहरीका अनुसार ती साधु डिप्रेशनमा थिए । प्रहरीले भन्यो, “गुजरातको सुरतमा उनको एक मन्दिर थियो । त्यहाँ सडक फराकिलो पार्नेक्रममा उक्त मन्दिर भत्काइएको थियो । जसका कारण उनी निराश थिए । त्यही निराशाका कारण उनले आत्महत्या गरेको पाइएको छ ।” – बीबीसी