• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा संघीयता आउनुमा मधेश आन्दोलनको मुख्य भूमिका छ : मुख्यमन्त्री राउत

  • वीरगंज संजाल
  • १ चैत्र २०७७, आईतवार ०६:५८
  • ४९२१

    सुर्खेत । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा संघीयता आउनुको मुख्य कारण मधेश आन्दोलन भएको बताएका छन् । संघीयताको लागि थुप्रै मधेशका व्यक्तिहरुले ज्यानको बलिदानी दिएको बताउँदै उनले संघीयताको कार्यान्वयन सहि तरिकाले नभएको बताए ।कर्णाली उत्सव कुडा कर्णालीको शनिबार अन्तिम दिन ‘मुख्य मान्ठ मुल कुडा’ विषयमा वक्ताको रुपमा कर्णाली आएका मुख्यमन्त्री राउतले सिंहदरबारको प्रदेश २ र कर्णालीलाई हेर्ने दृष्टिकोण फरक रहेको टिप्पणी गरे । मुख्यमन्त्री राउतले पुरै समय केन्द्र सरकारको विरुद्धमा नै बोलेका थिए । केन्द्र सरकारले हामीलाई हेपेको छ,’ उनले भने, ‘संघीयता जादुको क्षणी होइन् । सिस्टममा जाने वित्तिकै सबै काम पुरा हुन्छ भन्ने पनि हैन । हामी भर्खरै जन्मेको बच्चालाई हुर्काउँदैछौँ । संघीयता भनियो तर, अधिकार सबै संघीय सरकारको हातमा छ ।’

    राउतले संघीयताको कार्यान्वयन गर्न सक्ने केन्द्रीकृत नेतृत्व नभएको बताए । संघीयताप्रतिको सोच जबसम्म परिवर्तन हुँदैन तबसम्म संघीयताको कार्यान्वयन हुन सक्तैन,’ उनले भने । अहिले सम्म संघीय सरकारका विरुद्ध ७/८ वटा मुद्धा दिएको जानकारी गराउँदै मुख्यमन्त्री रावतले त्यी सबै संघीयताको सबलीकरण अथवा कार्यान्वयनको पक्षमा भएको दावी गरे ।

    ‘प्रदेशमा समस्या, कठिनाइहरू थुप्रै छन् । तर, सबै मुख्यमन्त्रीहरू आफ्ना समस्याका बारेमा केन्द्र सरकार समक्ष कुुरा राख्दैनन्, राउत भन्छन् , ‘अरु बन्द कोठाभित्र राख्छन् म कोठा बाहिर राख्छु । जहिले पनि आफू संविधानको पक्षमा छु ।’ राउतले संविधानमा उल्लेख गरिएका सबै कुरा आफुहरु मान्न तयार रहेको पनि बताए ।

    ‘समानुपातिक समावेशीता छैन्,’ रावतले भने, ‘त्यस्ता धेरै घाउहरू छन् । चाहे नागरिकताकै विषय किन नहोस । हामी कुनै पनि विदेशी नागरिकलाई नागरिकता दिनुहोस् भनेर भन्दैनौँ । यो मुलुकमा अझै पनि कतिपय नागरिकले सहज रुपमा नागरिकता पाउन सकिरहेका छैनन् । तिनीहरुलाई त सहज रुपमा नागरिकता पाउने व्यवस्था हुनुप-यो ।’

    राउतले नागरिकता नदिनु भनेको राष्ट्रिय अपराध भएको टिप्पणी गरे । मुख्यमन्त्री राउतले आफ्नो प्रदेशले सञ्चालनमा ल्याएका केही लोकप्रिय कार्यक्रमको बारेमा पनि चर्चा गरे ।

    ‘बेटी पढाउ र बेटी बचाउ’ कार्यक्रम निकै महत्वपुर्ण र सान्दर्भिक भएको तर्क राखे । चाहे धनी परिवार होस चाहे गरिव, जुनसुकै परिवारमा छोरी जन्मिने वित्तिकै उसको नाममा ३ लाखको बीमा गरिदिन्छौँ,’ राउतले भने , ‘यो बर्ष अर्काे एउटा कार्यक्रम ल्याउँदै छौँ १० कक्षा पास भएका छोरीहरुलाई ल्याप्टव दिने । जसको मुख्य कारण अबको १५ बर्षमा प्रदेश २ का हरेक कार्यालयहरूमा महिला अफिसरहरू हुनेछन् ।’

    आजको कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र २ नम्बर प्रदेशका मुख्यमन्त्रीबीच वहस हुने भनिएपनि कर्णालीका मुख्यमन्त्री भने कार्यक्रममा सहभागी भएनन् ।कारणबस उनी पार्टीको कामका लागि काठमाडौँ गएको आयोजक समितिले बतायो । कार्यक्रमको सहजीकरण पत्रकार पत्रकार दिलभुषण पाठकले गरेका थिए । आजको रातोपाटीमा समाचार छ |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑