• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अर्थतन्त्र निरन्तर ओरालोमा, ऋण बढेको बढ्यै

  • वीरगंज संजाल
  • २९ फाल्गुन २०७७, शनिबार ११:५६
  • २८९३

    वीरगन्ज । आर्थिक वर्ष २०७६–७७ मा मुलुकले ४० वर्षपछि पहिलोपटक नकारात्मक आर्थिक वृद्धिदरको सामना गर्नुपर्‍यो । सरकारले कोभिड–१९ महामारीका बाबजुद पनि २.३ प्रतिशतले आर्थिक वृद्धिदर हासिल हुन्छ भनिरहँदा अर्थतन्त्र भने २ प्रतिशतले संकुचन भयो अर्थात् वृद्धिदर ऋणात्मक भयो ।

    अर्थतन्त्रमा शिथिलता भने कोभिड–१९ महामारी शुरु हुनुअघि देखि नै हो । २०७६ को चैतमा कोभिड–१९ महामारीले गर्दा बन्दाबन्दी गर्नुपर्‍यो । आर्थिक गतिविधि ठप्प भए । तर अर्थतन्त्र ओरालो लाग्न थालेको ठ्याक्कै एक वर्षअघि २०७५ माघ देखि नै हो । २०७५ को माघदेखि चैतसम्मको आर्थिक वृद्धिदर जम्माजम्मी ३.२ प्रतिशत थियो । सरकारले बढाएको ऋण अनुसार त्यसले अर्थतन्त्रको विस्तार गराउन भूमिका खेलेको देखिदैंन ।

     

     

    यसरी अर्थतन्त्र ओरालो लाग्नुमा सरकारको कडाइँ, अति नियमन, निजी क्षेत्रका गतिविधिमा अंकुश र खटनपटन मुख्य कारण थिए । यता प्रधानमन्त्री केपी शर्मा ओली भने आफ्नो कार्यकालको अन्त्यसम्म ५० खर्ब रुपैयाँको अर्थतन्त्र बनाउने र बेलायतको ‘इकोनोमिस्ट म्यागेजिन’ले नेपाल उच्च आर्थिक वृद्धिदर हासिल गर्ने देशमा समावेश गरेको जस्ता भाषण गर्नमै व्यस्त थिए ।

    आफ्नो कार्यसम्पादन कमजोर हुँदै गएपनि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्रीलाई गुमराहमा राख्न सफल भए ।

    मुलुकको ऋण भने बेस्सरी बढाइएको छ । तर बढेको ऋणले उत्पादन बढाएको छैन बरु उल्टै अर्थतन्त्र क्रमशः ओरालो लाग्दै गएको छ । ‘महामारी अघि पनि बढेको ऋणले अर्थतन्त्रको उत्पादनशील क्षमता बढाएको देखिएन,’ अर्थशास्त्री डा. डिल्लीराज खनालले भने, ‘ऋणको भारीचाहिं बोक्ने त्यसले पूर्वाधार र उत्पादन विकासलाई मद्दत गरेन भने त्यो ऋण बालुवामा पानी खन्याएसरह भयो ।’

    केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको २०७५-७६ को पछिल्लो ६ महिनादेखि कोभिड-१९ महामारी सुरु हुनुअघि आर्थिक वर्ष २०७६-७७ को अर्धवार्षिक अवधिसम्मको प्रत्येक त्रैमासिकको आर्थिक वृद्धिदर हेर्ने हो भने २०७५ को माघदेखि चैत र २०७६ को वैशाखदेखि असारसम्म आर्थिक वृद्धिदर क्रमशः ३.२ र ४.८ प्रतिशत रह्यो । आर्थिक वर्ष २०७६ को असार-असोज र कात्तिक-पुसमा आर्थिक वृद्धिदर क्रमशः २.७ र ४.७ प्रतिशत रहेको थियो । कोभिड-१९ को प्रभाव सुरु हुनुभन्दा सामान्य अवस्थामा पनि अर्थतन्त्र क्रमशः ओरालोमा देखिन्छ ।

    महामारीको प्रभाव सुरु हुन थालेपछि २०७६ को माघ-चैतमा आर्थिक वृद्धिदर १.३ प्रतिशत र २०७७ को वैशाख-असारमा त १५.४ प्रतिशतले ऋणात्मक भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक २०७७ को असार-असोजमा भने आर्थिक वृद्धिदर ४.६ प्रतिशत ऋणात्मक छ ।

    सरकारले कुनै पनि आयोजना वा कार्यक्रमका लागि ऋण लिदाँ प्रतिफल दर नहेर्नु र तोकिएको प्रतिफल प्राप्त हुनेगरी प्रभावकारी कार्यान्वयन गर्न नसक्नु सरकारको ठूलो असफलता हुने खनालले बताए ।

    ‘उहाँहरूले बजेटरी सहयोग अन्तर्गतको ऋण बढायौं भनिरहेको छ,’ उनले अगाडि भने, ‘बजेट प्रणालीमा सुधार नगरी ऋणमात्र बढाएर त्यसले प्रतिफल दिदैंन ।’
    पूर्व अर्थमन्त्री डा. रामशरण महतले ऋण लिएर खर्च गर्दा प्रतिफलसँग तादम्यता कायम गर्न नसके ऋण लिएर घ्यू खाने काम मात्र हुने टिप्पणी गरे ।  ‘प्रधानमन्त्री ओलीको कार्यकाल जनतालाई ऋणको भारी बोकाउनेमा मात्र सीमित रहने देखिएको छ,’ महतले भने ‘प्रधानमन्त्रीलाई देशको आवश्यकता र वास्तविकतामा भन्दा सपना बाँड्न ज्यादा रुचि छ । उनी सपना बाँडेर जनता भुल्याउने अनि जनतालाई ऋणको भार थपेर भ्रष्टाचारलाई बढावा दिइरहेका छन् ।’

    ओली प्रधानमन्त्री भएयता वैदेशिक र आन्तरिक ऋण बेस्सरी बढाइएको छ । ओली प्रधानमन्त्री भएयता मुलुकको ऋण ५ खर्ब ९० अर्ब रुपैयाँ बढेको छ । कुल गार्हस्थ उत्पादनको झण्डै २२ प्रतिशत तिर्न बाँकी ऋण छ । यो मध्ये ८ खर्ब ४३ अर्ब विदेशी ऋण हो । विदेशी ऋणमध्ये विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत बहुपक्षीय विकास साझेदारको ऋण ७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने द्विपक्षीय ऋण १ खर्ब ६७ करोड रुपैयाँ पुगेको छ । आन्तरिक ऋण (सापटी) ६ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ ।

    वर्तमान सरकार बनेपछि विदेशी ऋण ३ खर्ब १७ अर्ब २४ करोड रुपैयाँ र आन्तरिक ऋण २ खर्ब ७३ अर्ब ३१ करोड रुपैयाँ बढेको छ । मुलुकको तिर्न बाँकी कुल ऋण १५ खर्ब रुपैयाँ पुगिसकेको छ । यससँगै प्रत्येक नेपालीको टाउकोमा ऋणभार ५० हजार रुपैयाँ हाराहारीमा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑