• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीएड ईन आईसीटी: सबैले पढ्न पाउने आईटीको सस्तो विकल्प

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७७, शुक्रबार ०८:५६
  • ३८४९

    वीरगंज। उच्च माध्यमिक तहमा शिक्षा तथा मानविकी संकाय लिएर पढ्ने विद्यार्थीहरुका लागि प्राविधिक विषय अध्ययन गर्ने विकल्प  एकदमै कम हुन्छन् । सीमितमध्ये एउटा राम्रो विकल्प भनेको बीएड ईन आईसीटी पनि हो ।

    याे शैक्षिक कार्यक्रमलाई कतिपयले बीएड आईसीटी, बीएड आईसीटीई, बीआईसीटीई लगायतका नामले पनि प्रचार गर्ने गर्छन् । त्रिभुवन विश्वविद्यालयले २०६३ मा पहिलोपटक शिक्षा शास्त्र संकायअन्तर्गत स्नातक तहमा देशका पाँचवटा आङ्गिक क्याम्पस र ८ वटा सामुदायिक क्याम्पसबाट याे कार्यक्रम सुरु गरेको थियो ।

    पछि २०७० देखि बीएड ईन आईसीटी कार्यक्रम महेन्द्र रत्न क्याम्पस ताहाचलमा समेत सुरु भयो । सोही वर्षदेखि उक्त विषयको अध्यापन सानोठिमी क्याम्पसमा स्नातकाेत्तर तहमा सुरु भयो ।

    हाल यो विषय त्रि.वि. अन्तर्गतका ९ वटा आङ्गिक र ८ वटा सामुदायिक क्याम्पसहरुमा अध्ययन अध्यापन भइरहेको त्रिवि केन्द्रीय विभाग अन्तर्गत बीएड ईन आईसीटी कार्यक्रमका संयोजक तथा सानोठिमी क्याम्पस भक्तपुरका आईसीटी विभागका प्रमुख रेगबहादुर भण्डारी बताउँछन् ।

    बीएड ईन आईसीटीले विद्यार्थीहरुलाई आधुनिक शैक्षिक प्रणाली र कम्प्युटर साइन्ससँग परिचित गराउँछ । विद्यार्थीहरुले यसमा सूचना तथा सञ्चार क्षेत्रका प्राविधिक सीप तथा ज्ञान जस्तै प्रोग्रामिङ, नेटवर्किङ, डेटाबेस व्यवस्थापन, एआई, शिक्षाका आधारभूत प्रविधि तथा विद्युतीय सुशासन लगायत शैक्षिक मनोविज्ञान, शिक्षण पद्दति (टिचिङ पेडागोजी) जस्ता शिक्षा संकायका आधारभूत ज्ञान पनि पाउन सक्छन् ।

    बीएड ईन आईसीटी अध्ययन गर्न चाहने विद्यार्थीहरुले शिक्षा शास्त्र संकायबाट लिइने इन्ट्रान्स परीक्षा भने उत्तीर्ण गर्नुपर्छ । ४ वर्ष तथा ८ सेमेस्टरको यो प्रोग्राममा १३२ क्रेडिट आवरको कोर्ष समावेश छ ।

    जसमा १२ क्रेडिट आवर सञ्चार तथा सीपमूलक कोर्षहरु, २४ क्रेडिट आवर एजुकेसनल कोर कोर्ष, ६० क्रेडिट आवर स्पेसलाइज मेजर सब्जेक्ट, ३० क्रेडिट आवर सामान्य विषय र ९ क्रेडिट आवर टिचिङ इन्टर्नशिप तथा प्राक्टिकल रहेका छन् ।

    उक्त क्रेडिट आवरले अन्तर्राष्ट्रियस्तरमा पनि सजिलै मान्यता पाउने उनी बताउँछन् । यो विषय पढ्न त्रिविका ९ आङ्गिक क्याम्पसहरुमा २० देखि ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ भने अन्य सामुदायिक क्याम्पसहरुमा भने ४५ हजार रुपैयाँभन्दा माथि लाग्छ ।

    बीएड ईन आईसीटीको स्कोप अन्य अध्ययन संस्थान तथा संकायमा भन्दा फरक र बढी रहेको संयोजक भण्डारी बताउँछन् । ‘बीएड ईन आईसीटी अध्ययन गरेका विद्यार्थीहरुले माध्यमिक तहमा कम्प्युटर विज्ञान पढाउनका लागि शिक्षा सेवा आयोगबाट शिक्षण लाइसन्स प्राप्त गर्न सक्छन् । यस्तो किसिमको व्यवस्था अन्य संकाय वा संस्थामा छैन,’ उनले भने ।

    प्राविधिक विषय पढ्न चाहने अधिकांश विद्यार्थीहरु विज्ञान प्रविधि तथा इन्जिनियरिङ संकायतिर जान्छन् । शिक्षा संकाय अन्तर्गत भएकाले बीएड ईन आईसीटीमा विद्यार्थीहरुको रुचि कत्तिको होला भन्ने धेरैको जिज्ञासा हुनसक्छ ।

    विभागीय प्रमुख भण्डारी बीएड ईन आईसीटीमा विद्यार्थीहरुको रुचि र उपस्थिति उत्साहजनक रहेकाे बताउँछन् । ‘निजी तथा सामुदायिक क्याम्पसमा जस्तो विज्ञापन नगर्दा पनि त्रिविका आङ्गिक क्याम्पसहरुमा भर्ना हुने विद्यार्थीहरुको संख्या उल्लेखनीय रुपमा वृद्धि भइरहेको छ,’ उनले भने ।

    भण्डारी अगाडि भन्छन्, ‘कुन संकाय वा अध्ययन संस्थान ठूलो वा सानो, प्राविधिक धार वा गैरप्राविधिक धारको भन्ने कुरा प्रमुख होइन । प्रमुख कुरा भनेको के कति सेमेस्टर, कति क्रेडिट आवर, प्रोेजेक्ट वर्क र इन्टर्नशिप समावेश गरिएको छ कि छैन भन्ने कुराले फरक पार्छ ।

    बीएड ईन आईसीटीमा यी सबै कुरा समावेश छन् । साथै यसमा एक्काइसौं शताब्दीको ज्ञान र सीप पनि सिकाइन्छ ।’

    क्याम्पस र विद्यार्थी काेटा

    क्र.स.क्याम्पसविद्यार्थी काेटा
    १.सानोठिमी क्याम्पस, भक्तपुर१२०
    २.बुटवल मल्टिपल क्याम्प्स, रुपन्देही८०
    ३.डढेल्धुरा मल्टिपल क्याम्पस, डडेल्धुरा४०
    ४.सिराह क्याम्पस, सिराह४०
    ५.सुर्खेत शिक्षा क्याम्पस, सुर्खेत८०
    ६.महेन्द्र रत्न क्याम्पस, काठमाडौं८०
    ७.बालकुमारी क्याम्पस, चितवन८०
    ८.आदिकवि भानुभक्त क्याम्पस, तनहुँ४०
    ९.हनुमन्ते क्याम्पस, दाेलखा४०
    १०.जनज्योति बहुमुखी क्याम्पस, सर्लाही४०
    ११.सुकुना बहुमुखी क्याम्पस, मोरङ४०
    १२.त्रियुगा जनता बहुमुखी क्याम्पस, उदयपुर४०
    १३.जनमैत्री बहुमुखी क्याम्पस, काठमाडाैं
    १४.काभ्रे बहुमुखी क्याम्पस , काभ्रे४०
    १५.विरेन्द्र मल्टिपल क्याम्पस, चितवन४०
    १७.गोरखा क्याम्पस, गोरखा४०

    पाठ्यक्रम संरचना 

    प्रथम सेमेस्टर

    १. अंग्रेजी भाषा

    २. नेपाली भाषा

    ३. फण्डामेन्ट्स अफ एजुकेसन

    ४. इन्ट्रडक्सन अफ इन्फर्मेसन टेक्नोलोजी फर्स्ट

    ५. प्रोग्रामिङ कन्सेप्ट विथ सी-सेकेन्ड

    ६. स्पेसलाइजेसन माइनर: म्याथ

    दोस्रो सेमेस्टर

    १. अंग्रेजी भाषा

    २. नेपाली भाषा

    ३. सोसल पर्स्पेक्टिभ इन एजुकेसन

    ४. अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ विथ सी थ्री

    ५. डिजिटल लोजिक फोर

    ६. स्पेसलाइजेसन माइनर: म्याथ

    तेस्रो सेमेस्टर

    १. डेभलपमेन्टल साइकोलोजी

    २. डेटा स्ट्रक्चर एण्ड एल्गोरिदम फोर

    ३. माइक्रोप्रोसेसर एण्ड कम्प्युटर अर्गनाइजेसन आईभी

    ४. वेब टेक्नोलोजी सेभेन

    ५. स्पेसलाइजेसन माइनर: म्याथ

    ६. आईसीटी इन एजुकेसन

    चौंथो सेमेस्टर

    १. साइकोलोजी अफ लर्निङ

    २. अपरेटिङ सिस्टम एट

    ३. डेटाबेस म्यानेजमेन्ट सिस्टम नाइन

    ४. सिस्टम एनालिसिस एण्ड डिजाइन टेन

    ५. स्पेसलाइजेसन माइनर म्याथ

    पाँचौं सेमेस्टर 

    १. बेसिक अफ करिकुलम

    २. जाभा प्रोग्रामिङ ल्याङ्ग्वेज इलाभेन

    ३. डेटा कम्युनिकेसन एण्ड नेटवर्क ट्वेल्भ

    ४. सफ्टवेयर इन्जिनियरिङ एण्ड प्रोजेक्ट म्यानेजमेन्ट थर्टिन

    ५. स्पेसलाइजेसन माइनर म्याथ

    छैठौं सेमेस्टर 

    १. एसेसमेन्ट एण्ड इभ्यालुएसन अफ लर्निङ

    २. भिजुअल प्रोग्रामिङ फोर्टिन

    ३. कम्प्युटर ग्राफिक्स फिफ्टिन

    ४. ईलर्निङ एण्ड आईसीटी एजुकेसन पेडागोजी सिक्स्टिन

    ५. स्पेसलाइजेसन माइनर म्याथ

    सातौं सेमेस्टर 

    १.पेडागोजी एण्ड इन्क्लुसिभ एजुकेसन

    २. नेटवर्क सेक्युरिटी सेभेन्टिन

    ३. आर्टिफिसियल इन्टेलिजेन्स इन एजुकेसन एटिन

    ४. स्पेसलाइजेसन माइनर म्याथ

    आठौं सेमेस्टर 

    १. बेसिक स्टाटिक्स एण्ड रिसर्च इन एजुकेसन

    २. टेक्नोलोजी इन एजुकेसन नाइन्टिन

    ३. एजुकेसन प्रोजेक्ट ट्वान्टी

    ४. इलेक्टिभ पेपर, नेटवर्क एडमिनिस्ट्रेसन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑