• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नास्टका वैज्ञानिकमाथि यसकारण लाग्यो शोधपत्र चोरीको आरोप

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७७, शुक्रबार १६:५०
  • ३२५७

    वीरगंज। जापानको प्रशिद्ध विश्वविद्यालय क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) ले नास्टका वैज्ञानिक तथा इन्जिनियर रोशन पाण्डेमाथि शोधपत्र चोरीको गम्भीर आरोप लगायो । नेपाली स्याट-वानमा नास्ट (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) ले सहकार्य गरेको विश्वविद्यालयले नै चेतावनीपूर्ण आशयका साथ दुई चरणमा पत्र पठाएको थियो ।

    क्युटेकले पठाएको पत्रको आधारमा टेकपाना र कान्तिपुरले समाचार प्रकाशन गरे । तर पाण्डेले आफूलाई बौद्धिक अधिकारको विषय राम्रैसँग जानकारी रहेको भन्दै प्रकाशित समाचारको खण्डन नै गरे ।

    नेपालको वैज्ञानिक अनुसन्धान गर्ने सबैभन्दा उच्च निकायको रुपमा रहेको नास्टले भने अहिलेसम्म आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको छैन । तर नेपालको प्राज्ञिक जगतमा भने यसले राम्रै चाँसो र बहस सिर्जना गरेको छ ।

    वास्तवमा यो प्रकरण के हो ? पाण्डेमाथि लागेको शोधपत्र चोरीको आरोपमा कत्तिको सत्यता छ ? के आफूले दाबी गरेजस्तै उनी यो विषयमा इमान्दार छन् ? क्युटेकले किन त्यस किसिमको गम्भीर पत्र पठायो ? यी सबै विषयको आज हामी चिरफार गर्दै छौं ।

    गत अक्टुबर १२ देखि १४ सम्म (असोज २६ देखि २८) आयोजना भएको ७१ औं इन्टरनेसनल एस्ट्रोनटिकल कंग्रेस (आईएसी) मा पाण्डेयले काठमाडौं विश्वविद्यालयका सुरेश भट्टराईसँग मिलेर एउटा कन्फ्रेन्स पेपर प्रस्तुत गरेका थिए ।

    ‘नेपाली स्याट-वान विगिनिङ अफ द स्पेस एरा इन नेपाल’ शीर्षकमा तयार पारिएको सोही अनुसन्धानपत्रको विषयलाई लिएर क्युटेकले आपत्ति जनाएको हो ।

    पाण्डेले समाचारको खण्डन गर्दै बौद्धिक अधिकारको बारेमा आफू जानकार रहेको दाबी गरिरहँदा आईएसीमा आफूले प्रस्तुत गरेको अनुसन्धानपत्रको महत्व के रहन्छ भन्ने कुरा समेत बिर्सिएका छन् । खण्डनमा आफ्नो कमजोरी लुकाउन उनले उल्टै सञ्चार माध्यमको निन्दा गरेका छन् ।

    तल हेर्नुहोस् पाण्डेले इन्टरनेसनल एस्ट्रोनटिकल कंग्रेस (आईएसी) मा प्रस्तुत गरेको तथा उनी आफैंले रिसर्च गेटमा अपलोड गरेको अनुसन्धानपत्र

    जब कि उनले प्रस्तुत गरेको पत्रमाथि ‘इन्टरनेसनल एस्ट्रोनटिकल फेडेरेसन’ (आईएएफ) ले आफ्नो कपीराइट लाग्ने गरी वेबसाइटमै प्रकाशन गर्‍यो । सम्मेलनमा ‘साधारण सचेतनामूलक प्रस्तुति’ मात्र गरिएको भने पनि उनी आफैंले ‘रिसर्च गेट’मा अनुसन्धानपत्रको रुपमा अपलोड गरेका थिए ।

    हेर्नुहोस्, क्यूटेकले पठाएको पछिल्लो पत्र

    तस्वीरः टेकपाना

    यहाँ हामीले पाण्डेले आईएसीमा प्रस्तुत गरेको तथा उनी आफैंले रिसर्च गेटमा अपलोड गरेको अनुसन्धान पत्रमाथि क्युटेकले आपत्ति जनाउनुको कारण खोतलेका छौं । पाण्डेको अनुसन्धानपत्र क्यूटेकको अधिकार रहेको बर्ड्स प्रोजेक्ट सम्बन्धि अनुसन्धान तथा जानकारीसँग कत्तिको मेल खाएको छ र कहाँबाट कसरी कपी पेस्ट गरिएको छ भन्ने कुरा यहाँ बुँदागत रुपमा प्रस्तुत गर्दैछौं ।

    १. पाण्डेले प्रस्तुत गरेको अनुसन्धानपत्रको दोस्रो पेजमा रहेको ३.१ अनुच्छेद उपशीर्षक सहित बर्ड्स थ्री प्रोजेक्टको इमेजिङ मिसन (सीएएम) सँग दुरुस्तै मेल खाएको छ ।

    स्लाइडमा हेर्नुहोस् क्युटेकको बौद्धिक सम्पत्ति र पाण्डेको अनुसन्धानपत्र । पाण्डेले कपी गरेको स्रोत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    २. बड्स प्रोजेक्टको साइटमा रहेको ‘लोरा डोमेन्स्ट्रेसन मिसन (एलडीएम) को उपशीर्षक सहितको अनुच्छेद पाण्डेको अनुसन्धानपत्रको ३.२ नम्बर बुँदामा जस्ताको त्यस्तै सारिएको छ ।

    पहिलो क्युटेकको बर्ड्स प्रोजेक्टको अनुसन्धान (वेबसाइटमा हेर्न यहाँ क्लिक गर्नुहोस्) र दोस्रो पाण्डेले प्रस्तुत गरेको अनुसन्धानपत्र भिडाएर हेर्न तस्वीरलाई स्वाइप गर्नुहोस् ।

    ३. बर्ड्स थ्री मिसनको स्टाटसको ३ नम्बरमा रहेको ‘एटिट्युड डिटरमिनेसन एन्ड कन्ट्रोल मिसन (एडीसीएस) को सम्पूर्ण खण्ड पाण्डेले तयार पारेको अनुसन्धानपत्रको ३.३ बुँदामा जस्ताको तस्तै कपी गरेर राखिएको छ ।

    हेर्नुहोस क्युटेक अन्तर्गतको बर्ड्स प्रोजेक्टको सामग्री (वेबसाइटमा हेर्न यहाँ क्लिक गर्नुहोस्) र पाण्डेले प्रस्तुत गरेको अनुसन्धानपत्रको खण्ड स्लाइडमा हेर्नुहोस् ।

    ४. क्युटेकको बर्ड्स थ्री मिसन स्टाटसकै ४ नम्बर बुँदामा रहेको ‘सफ्टवेयर कन्फिगरबेल ब्याकप्लेन मिसन (बीपीबी) समेत पाण्डेको अनुसन्धानपत्रको ३.४ नम्बर बुँदामा जस्ताको तस्तै कपी गरिएको छ ।

    क्युटेकको बर्ड्स प्रोजेक्टको अनसन्धान सामग्री (वेबसाइटमा हेर्न यहाँ क्लिक गर्नुहोस्) र पाण्डेको अनुसन्धानपत्रमा भएको सामग्री स्लाइडमा हेर्नुहोस् ।

    ५. क्युटेकको बर्ड्स प्रोजेक्टको ‘सीडब्लू टाइमिङ’ को तालिकालाई पाण्डेले आफ्नो अनुसन्धानपत्रको दोस्रो पेजमा जस्ताको तस्तै कपी गरेका छन् ।

    हेर्नुहोस् क्युटेकको बर्ड्स प्रोजेक्टको डकुमेन्ट (बर्ड्सको वेबसाइटमा हेर्न यहाँ क्लिक गर्नुहोस्) र पाण्डेले प्रस्तुत गरेको अनुसन्धानपत्रमा समावेश सामग्री ।

    ६. बर्ड्स टिमले तयार पारेको ‘फर्म्याट एन्ड टाइमिङ’ खण्डमा राखिएको ‘हाउस किपिङ फर्म्याट’ लाई समेत पाण्डेले आफ्नो अनुसन्धानपत्रमा जस्ताको त्यस्तै कपी गरेर राखेका छन् ।

    क्युटेकको बर्ड्स प्रोजेक्टको वेबसाइटमा भएको सामग्री (वेबसाइटमा हेर्न यहाँ क्लिक गर्नुहोस्) र पाण्डेको अनुसन्धानपत्रमा समावेश सामग्री स्लाइडमा दाँजेर हेर्नुहोस् ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑