• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ६० वर्षमाथिकाको उपचारमा ५०% छुट

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७७, शुक्रबार १०:३९
  • ३३२१

    वीरगञ्ज । ज्येष्ठ नागरिकलाई निःशुल्क र सहुलियतमा स्वास्थ्य सेवा दिन सरकारले प्रत्येक प्रदेशका केही अस्पतालमा ‘जेरियाट्रिकमैत्री स्वास्थ्य सेवा’ कार्यक्रम सुरु गरेको छ ।हाल स्वास्थ्य मन्त्रालयको ससर्त अनुदानबाट २४ वटा जिल्ला तथा प्रदेश अस्पतालमा सञ्चालन गरिएको हो । उक्त कार्यक्रमअन्तर्गत ६० वर्षमाथिका नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिएअनुसारको निश्चित स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ ।

    कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले हालै जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७ समेत पारित गरेको छ । यसअन्तर्गत प्रदेश १ मा ४, प्रदेश २ मा ४, वाग्मतीमा ७ गण्डकीमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदूरपश्चिममा २ वटा स्वास्थ्य संस्थामा यो सेवा दिन थालिएको हो । सरकारले ६० वर्षमाथिका व्यक्तिलाई ज्येष्ठ नागरिक भनेको छ । उनीहरूको पहिचानका लागि ज्येष्ठ नागरिक परिचयपत्र, वृद्धभत्ता परिचयपत्र, नागरिकतालाई आधार मानिनेछ ।

    यस्तै ७० वर्षमाथिका नागरिकको स्वास्थ्य बिमा भएमा बिमा रकमबाटै उपचार गरिनेछ । उक्त रकम अपुग भए मात्र अस्पतालले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम, सामाजिक एकाइ वा अन्य स्रोतबाट उपचार खर्च बेहोर्नुपर्नेछ । निर्देशिकाअनुसार स्वास्थ्य बिमा लागू नभएका जिल्लामा ७० वर्षमाथिकालाई अस्पतालले शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा सेवाको दायरा बढाई उपचारमा छुट दिनुपर्नेछ । तर अस्पतालले उपलब्ध गराएको वार्ड वा शय्याको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसेर उपचार गराउँदा लागेको खर्चमा कुनै छुट सुविधा नहुने निर्देशिकामा उल्लेख छ ।

    यस्तै, कृत्रिम दाँत, दाँतमा सुनको काम, अर्थोडोन्टिक काम, कस्मेटिक शल्यक्रिया, फिजियोथेरापीसँग सम्बन्धित किन्नुपर्ने सामानमा भने अस्पताल निःशुल्क सेवा दिन बाध्य नहुने जनाइएको छ । यस्तै इनभेसिभ र मिनिमल इनभेसिभ शल्यक्रिया, उपकरण प्रत्यारोपण, आईसीयू/सीसीयू स्याहार, कृत्रिम अंग/प्रत्यारोपण शल्यक्रियालगायतका लागि उपकरणको मूल्य निःशुल्क उपलब्ध गराउन अस्पताल बाध्य नहुने निर्देशिकामा छ ।

    ‘यो कार्यक्रमलाई अस्पतालहरूले आगामी वर्षसमेत निरन्तरता दिनुपर्नेछ’, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भने । उनका अनुसार ५० शय्याभन्दा माथिका सबै अस्पतालमा कार्यक्रम लागू गर्ने मन्त्रालयको लक्ष्य छ । नेपालमा ज्येष्ठ नागरिकको संख्या र उनीहरूले लिने विशेष किसिमको स्वास्थ्य सेवाको दर पछिल्लो दशकमा बढ्दै गएको डा. अधिकारीले बताए ।

    ‘संसारमै ज्येष्ठ नागरिकको संख्या र उनीहरूमा स्वास्थ्य समस्या तीव्र गतिले बढ्ने देशमा नेपाल पर्छ,’ उनले भने । केहीअघिसम्म ज्येष्ठ नागरिकलाई हेर्ने दायित्व परिवार र समाजको मानिए पनि अहिले यसमा कमी देखिएकाले उनीहरूको स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकारले विशेष रणनीति बनाउनुपरेको हो ।

    ‘अस्पतालको भौतिक पूर्वाधार, सामग्री तथा शय्याको व्यवस्था ज्येष्ठ नागरिकमैत्री बनाउँदै जानुपर्छ’, डा. अधिकारीले भने । निर्देशिकामा ज्येष्ठ नागरिकले आकस्मिक बहिरंग र अन्तरंग सेवा प्रयोग गर्न सहज हुने गरी र्‍याम्प, शौचालय, स्नानगृहलगायत पूर्वाधार निर्माण हुनुपर्ने उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑