• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बिहीबार ०९ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निक्षेपभन्दा कर्जाको माग दोब्बर, ब्याजदर बढाउँदै ब्यांकहरु

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०७७, बिहीबार १६:१८
  • ४०८५

    वीरगञ्ज । कुमारी बैंकले विहीबार मुद्दति निक्षेपको ब्याज दरमा वृद्धि गरेको छ। कुमारीले तीन महिनापछिका सम्पूर्ण संस्थागत निक्षेपको ब्याज ७ प्रतिशत पुर्‍याएको छ भने व्यक्तिगत ब्याजदर पनि ०.५ प्रतिशत विन्दुले बढाएको छ। कुमारी मात्र होइन पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर बढाउन लागेका छन्। निक्षेपको अनुपातमा कर्जामा भारी बृद्धि भएपछि बैंकमा क्रेडिट क्रन्च (ऋण प्रवाहका लागि चाहिने रकमको अभाव) नहोओस भनेर बैंकहरुले धेरै निक्षेप संकलन गर्ने उद्देश्यले ब्याजदर बढाएका हुन् ।

    नेपाल बैंकर्स संघका अनुनसार गत हप्तामा मात्र वाणिज्य बैंकहरुको कर्जा २६ अर्ब रुपैयाँ बढेको छ।पछिल्लो तीन हप्तामा मात्र ७१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरिसकेका वाणिज्य बैंकहरुको उक्त अवधिको निक्षेप संकलन भने ३७ अर्ब रुपैयाँ मात्र छ। यसरी नै निक्षेप र कर्जा प्रवाहमा असन्तुलन कायम रहने हो भने बैशाख सम्म क्रेडिट क्रन्चको समस्या आउन सक्ने बैंकर्सहरुको अनुमान छ।गएको माघ महिनामा पनि निक्षेप ५ अर्ब रुपैयाँ बढ्दा कर्जा ७४ अर्ब रुपैयाँ वृद्धि भएको थियो । फागुन २१ गतेसम्म बैंकहरूले कुल ३८ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ खर्ब ८८ अर्ब कर्जा लगानी गरेका छन् । माघ मसान्तसम्म बैंकहरूको कुल निक्षेप ३७ खर्ब ८६ अर्ब र कर्जा ३३ खर्ब १७ अर्ब थियो।

    कोभिड–१९ को महामारीका कारण बैंकहरुले लामो समय कर्जा प्रवाह गर्न सकेका थिएनन्। पर्याप्त तरलता हुँदा निक्षेपको व्याजदर निकै कम दिएका कारण व्यक्तिगत निक्षेपकर्ताले आफूसँग भएको रकम घरमै वा सहकारीमा राखेका थिए । ‘अहिले बैंकहरुसँग तरलता संंकुचन हुन थालेपछि उनीहरुले व्याजदर बढाउनैपर्छ,’ हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइएओ) अशोक राणाले भने, ‘अब ग्राहकहरुको सिरानीमुनीको पैसा थुत्नका लागि निक्षेपको व्याज बढाउने नै हो उनीहरुले त्यही गर्छन् ।’

    निक्षेपको व्याज बढेपछि बैंकहरुले स्वतः कर्जाको व्याज पनि बढाउँछन्। यद्यपि, कुमारी बैंकले बिहीबार प्रकाशित गरेको सूचनामा निक्षेपको ब्याज बढाउने मात्र उल्लेख छ। नेपाल राष्ट्र बैंकका प्रवक्तँ डा. गुणाकर भट्ट बैंकहरुमा निक्षेप र कर्जा बृद्धिको ग्यापले बैंकहरुमा तरलता घढ्दै गएको र अन्ततः व्याजदरमा दबाव पर्ने बताउँछन्। पुसमा बैंकिङ प्रणालीमा तरलता २ खर्ब रुपैयाँ रहेकोमा अहिले ४० अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ।तरलता कम हुँदै गएपछि अन्तर बैंक ब्याजदर पनि ३ प्रतिशत पुगेको छ। गत साउनमा अन्तर बैंक ब्याजदर ०.०१ प्रतिशतसम्म झरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑